पुम्दी–भुम्दी दौडमा वडा युवा परिषदको सहकार्य, स्वयंसेवक परिचालनमा अग्रसरता

पोखरा । पोखरा महानगरपालिका–२२ मा आगामी असोज ४ गते आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा वडा नं. २२ अन्तर्गतको वडा युवा परिषदले औपचारिक रुपमा सहकार्य गर्ने भएको छ। परिषदले स्वयंसेवक परिचालन, प्रचार–प्रसार तथा स्थानीय युवा क्लबहरूको समन्वयमा मुख्य भूमिका निर्वाह गर्ने तयारी गरेको छ।
प्रतियोगिता संयोजक दीननाथ बराल र परिषद्का अध्यक्ष दिनेश बरालबीच भएको सहमतिपछि परिषदले व्यवस्थापन पक्षमा सक्रिय सहभागिता जनाउने स्पष्ट भएको हो। सम्झौतापछि अध्यक्ष बरालले भने, हामी सम्पूर्ण युवाको साझा संस्था हौं। यो कार्यक्रम हाम्रो गाउँको उत्सव हो भन्ने भावना बोकेर सहयोग गर्न प्रतिबद्ध छौं।

उक्त सहमतिमा सहसचिव निश्चल देवकोटा, सदस्य सुदीप विक, वरिष्ठ पत्रकार असफल गौतम (पोखरा क्लिक डटकम) र व्यवस्थापक सागर सुनार पनि सहभागी थिए।
स्थानीय युवाको अग्रसरतामा अघिल्लो संस्करण सफलतापूर्वक सम्पन्न भएको यो दौड प्रतियोगिता अहिले पोखरा–२२ को नयाँ खेलकुद आकर्षणका रूपमा परिचित बन्दै गएको आयोजकको भनाइ छ। यस प्रतियोगितामार्फत खेलकुदसँगै पर्यटन प्रवर्द्धन गर्ने र सामुदायिक उत्सवको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
कार्यक्रम नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वयमा तथा वडा नं. २२ को सहकार्यमा सञ्चालन हुँदैछ। मेडिकल पार्टनरका रूपमा नोलम्बो नेपाल रहनेछ भने उसैले तेस्रो पुरस्कार पनि प्रयोजन गर्नेछ। सिटीवान टेलिभिजन प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर हुनेछ।
प्रतियोगितालाई सफल बनाउन परिचय एड्भर्टाइजिङ, होटल मुस्ताङ लेते एण्ड थकाली किचन लगायत थुप्रै स्थानीय व्यवसाय र संस्थाहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सहकार्य र सहयोग प्राप्त गर्ने क्रम जारी रहेको आयोजकले जनाएका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19089, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








