‘चिट्ठी’को पोस्टर सार्वजनिक, हास्य,डर र रहस्यको त्रिकोणात्मक कथा भदौ २० देखि पर्दामा

काठमाडौं । निर्देशक माधवराज खरेलको कमेडी–हरर चलचित्र ‘चिट्ठी’ को पोस्टर सार्वजनिक गरिएको छ। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। कुवेर डिस्टिब्युटर्स प्रा.लि.ले वितरण गर्ने चलचित्रको स्थिर तथा मोसन दुवै पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान सुरु गरिएको हो।
निर्माण पक्षका अनुसार ‘चिट्ठी’ डिजिटल युगको सामाजिक सन्दर्भमा आधारित हास्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सको मिश्रण हो। सूचनाको दुरुपयोग, मानव सम्बन्धमा आइपर्ने जटिलता र आजको प्रविधि–नियन्त्रित समाजको यथार्थलाई चलचित्रले मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्नेछ।
निर्देशक खरेल भन्छन्, “हामीले दर्शकलाई हँसाउँदै गम्भीर सोचमा डुबाउने कथा ल्याएका छौं।”
मोशन पोस्टरमा देखिएको गाढा रङ संयोजन, रहस्यमय भाव–भंगिमा र पात्रहरूको सशक्त उपस्थिति चलचित्रको थिम झल्काउने खालको छ, जसले दर्शकमा थप जिज्ञासा र कौतूहलता पैदा गर्छ।
चलचित्रमा अर्गानिक कमेडियन खड्ग बहादुर पुन (खबपु), संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपूत, समिर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतको अभिनय रहेको छ।
चलचित्रको निर्माणमा सञ्चारकर्मी कमला जोशी निर्माताको भूमिकामा छिन्। छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन्। भिएफएक्स समिर मिँयाको रहेको छ।
संगीत पक्षमा पनि चलचित्र सशक्त देखिन्छ। डा. कृष्णहरि बराल र कमला जोशीका गीतहरूमा शिव परियार, बनिषा पौडेल र बसन्त अर्यालले स्वर दिएका छन्। संगीत सरोज कोईरालाको छ भने ‘शिव ताण्डव’ गीतको संयोजन राजेन्द्र बजगाईंले गरेका छन्।
दन्द निर्देशन किरण दाहालको रहेको चलचित्रको ब्याकग्राउन्ड स्कोर पुस्कर खत्रीले तयार पारेका हुन्। ध्वनि सम्पादन मनोज परियार र मिक्सिङ अमित श्रेष्ठले गरेका छन्।
‘चिट्ठी’ एकै साथ डराउने, हसाउने र सोच्न बाध्य पार्ने त्रैगुणात्मक मनोरञ्जनको अपेक्षा गरिएको चलचित्र हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:२७‘लालीबजार’ समाजको यथार्थ बोल्ने फिल्म हो : निर्देशक यम थापा
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….








