पुजन काफ्लेको ‘छड्के तिलहरी’

पुजन काफ्लेको ‘छड्के तिलहरी’

काठमाडौं । पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा शब्द, संगीत तथा स्वर पुजन काफ्लेको रहेको छ । सार्वजनिक गीतमा आदेश गुर्मछानको संगीत संयोजन छ ।

गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ । तीजमा सँगै मिलेर नाच्ने गाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ । भिडियोको छायांकन अजय रेग्मीले र सम्पादन राकेश दाहालले गरेका छन्। भिडियो पुजन काफ्लेको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   4   =  

Protected by Spam Master