संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना, १४ घाइते, १ जनाको अवस्था गम्भीर

संखुवासभा- संखुवासभाको धर्मदेवि नगरपालिका-९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
कोशी राजमार्ग अन्तरर्गत धर्मदेवि –९ मुलगाउँबाट झापाको दमक तर्फ जाँदै गरेको बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालिगुराँस नगरपालिका –१ स्थित देउराली घुम्तीमा सडकबाट १० मिटर तल खसेको हो ।
आज बिहान कोशी राजमार्ग अन्तरर्गत धर्मदेवि –९ मुलगाउँबाट दमक तर्फ जाँदै गरेको बस दुर्घटना हुदाँ १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
घाइते हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिका –९ का २३ बर्षीय सविन विष्ट, धर्मदेवि –७ का २५ बर्षीय भवानी कार्की,७ बर्षीय असिमित भारती,९ बर्षीया हिरा भारती,५६ बर्षीया रत्नमाया कटुवाल,१२ बर्षीय विष्णु कटुवाल,मनकुमार कटुवाल,५२ धनमाया चापागाईँ धर्मदेवि –६ का ५२ बर्षीय श्रीमान तामाङ, १५ बर्षीया प्रतिमा कटुवाल,१६ बर्षीया सोममाया याईम,३० बर्षीय सुजन कटुवाल ६२ बर्षीय दल बहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका –१ का २४ बर्षीय बिमल विक रहेका छन् ।
घाइते मध्ये गम्भीर घाइते संखुवासभाको धर्मदेवी नगरपालिका –९ का २३ बर्षीय सविन विष्टलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताउनुभयो ।
अन्य घाइतेको बसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस दुर्घटना लगत्तै चालक संखुवासभाको धर्मदेवी –६ का खेम महत फरार भइको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार १०:३३ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
खेलकुद२०८३ बैशाख १७, बिहीबार १०:३१हिजो हैदरावादसँग मुम्बई पराजित, आज गुजरात र बैंगलोर भिड्दै
समाचार२०८३ बैशाख १७, बिहीबार ०७:०१पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १६, बुधबार २२:२१स्वास्थ्य संस्थाभित्र स्वीकृतिबिना फोटो-भिडियो नगर्न चेतावनी







