अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकीमा नयाँ नेतृत्व, अध्यक्षमा अमरजंग गुरुङ

पोखरा । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (FINYE) गण्डकी प्रदेशको अध्यक्षमा अमरजङ्ग गुरुङ (जीतु) चयन हुनुभएको छ। उहाँको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
नवनिर्वाचित महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ(उदास) र सुनील न्यौपाने, महासचिवमा चिरञ्जिवी गौतम, सचिवमा प्रसुन्ना भण्डारी र राजकुमार सुनार , कोषाध्यक्षमा पोषराज पौडेल र सह–कोषाध्यक्षमा रुद्र रेग्मी चयन हुनु भएको हो ।
त्यसैगरी प्रवक्तामा कृष्णप्रसाद आचार्य, अन्य सदस्यहरुमा अस्मिता लामीछाने, भूपेन्द्र कुमार लामा, रमेशप्रसाद भुर्तेल, हरि लामिछाने, गोपालप्रसाद संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, असुतोल प्रधान र सुरेन्द्र कुमार चयन हुनु भएको हो।
FINYE विश्वभर फैलिएको नेपाली उद्यमीहरूको सञ्जाल हो, जसले व्यापार, लगानी, र उद्यमशीलता प्रवर्द्धनमा योगदान दिँदै आएको छ। संस्था अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, हङकङ, चीन, मकाउ र मध्यपूर्वका विभिन्न शाखामार्फत सक्रिय छ।
गण्डकी प्रदेश समितिले स्थानीय उद्यमशीलता प्रवर्द्धन, युवा सशक्तिकरण र अन्तर्राष्ट्रिय लगानी समन्वयमा काम गर्ने लक्ष्य लिएको जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19166, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ३, बिहीबार ०६:२८गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने
समाचार२०८३ बैशाख २, बुधबार १७:१७सुरेन्द्रराज पाण्डे नेतृत्वमा गण्डकी मन्त्रिपरिषद् पुनर्गठन
समाचार२०८३ बैशाख २, बुधबार ०५:२३पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क विद्युतीय सटल बस सेवा सुरु
समाचार२०८३ बैशाख १, मंगलवार १९:१३नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन






