नीताको ‘सुख दु:ख’मा विपना थापा

नीताको ‘सुख दु:ख’मा विपना थापा

काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो।

यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्वदीर्घ’मा सहकार्य गरेका थिए। यो उनीहरुको दोस्रो सहकार्य हो। विपनाले फिल्म ‘सुख दुख’मा आफु पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताईन्। उनले फिल्मको कथाले नै आफुलाई मन छोएको र नीताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउदा असाध्यै उत्साहित भएको बताईन्।

नीताले पनि आफ्नो फिल्ममा विपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी भएको बताईन्। उनका अनुसार यो फिल्ममा विपनाको महत्वपुर्ण भुमिका रहेको छ। नीताले यसअघि यो फिल्मका लागि कलाकारका रुपमा मिथिला शर्मा,मदनकृष्ण श्रेष्ठ अनुबन्ध गरिसकेकी छन्। यस फिल्मको अन्य कलाकार र प्राविधिक पक्षको बारेमा विस्तारै जानकारी दिदै जाने निर्देशक अधिकारीको भनाई छ।

आगामी फागुनबाट छायांकनमा जाने यो फिल्मलाई चर्चित भारतिय छायांकार कवीरलाल र शाहिदलालले छायांकन गर्दैछन्। ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउदैछ। यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र‘बेहुली’ को छायाङ्कन सकियो | Celebrity Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   1   =