प्रेस युनियनको सदस्यता अभियान कास्कीमा सुरु सय दिने अभियान पुराना सदस्य व्यवस्थित गर्ने र नयाँ पत्रकारलाई जोड्ने उद्देश्य – अध्यक्ष लम्साल

पोखरा । नेपाल प्रेस युनियन कास्कीले आजदेखि सय दिने सदस्यता अभियान आरम्भ गरेको छ। संघका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यमा कास्कीमा अभियानको उद्घाटन गरिएको हो।
यो अभियानले पुराना सदस्यहरूको विवरण व्यवस्थित गर्ने र सक्रिय पत्रकारहरूलाई नयाँ सदस्यतामा आबद्ध गराउने लक्ष्य राखेको छ। साउन १५ देखि कात्तिक २१ गतेसम्म चल्ने अभियानबारे जानकारी दिँदै अध्यक्ष लम्सालले भने— “हामी यो विशेष अभियानमार्फत संस्थामा लामो समय योगदान दिएका सदस्यलाई सम्मान गर्ने र नयाँ साथीलाई प्रेस युनियनमा स्वागत गर्ने उद्देश्य लिएका छौँ।”
उनका अनुसार यो अभियान कुनै प्रकारको कठोर ‘शुद्धिकरण’ होइन। “अघिल्लो पटक पत्रकार महासंघको शुद्धिकरण अभियानले अप्ठ्यारो उत्पन्न गरेको थियो, त्यसैले हामीले यस्तो शब्द प्रयोग नगरी सहज र स्वतःस्फूर्त रूपमा पत्रकारहरूलाई संस्थासँग जोड्ने बाटो रोजेका छौँ,” लम्सालले स्पष्ट पारे।
अभियानमार्फत कास्कीमा रहेका तर प्रेस युनियन छोडेका, पत्रकारिता छोडेर राजनीतिमा लागेका वा निष्क्रिय सदस्यलाई पनि व्यवस्थित गर्ने योजना छ। साथै, सदस्यता अभियानसँगै मंसिर दोस्रो हप्तासम्म विधान सभा गर्ने तयारी भइरहेको पनि अध्यक्ष लम्सालले बताए।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बासु मिश्रले अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता जनाए।
आजको कार्यक्रममा कास्कीका सक्रिय पत्रकार विमल तिवारी, सागर ढकाल, भानु पाण्डे, विनोद पहारी, रिदेस सुनार र सुजन पौडेललाई नयाँ सदस्यता वितरण गरिएको छ। पत्रकार विमल तिवारीले भने रुपन्देहीबाट कास्कीमा सदस्यता स्थानान्तरण गरेका हुन्।
प्रेस युनियन कास्कीले अभियानलाई अझै तीव्र बनाउने घोषणा गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19218, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









