गणतन्त्रचोकमा साेमबार स्वस्ती शान्ती पूजा हुने

पोखरा । पोखरा महानगरपालिका–५ गणतन्त्रचोक आसपासमा विगतमा भएका सडक दुर्घटनामा परी मृत्यु भएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै तथा भविष्यमा यस्ता दुर्घटना नहोस् भन्ने उद्देश्यले आउँदो सोमबार (साउन २६) गणतन्त्रचोकमा स्वस्ती शान्ती पूजा हुने भएको छ।
सो पूजाको तयारी बैठक प्रा. डा. सराेज काेईरालकाे अध्यक्षतामा शनिबार सम्पन्न भयाे । बैठकले प्रचार–प्रसारको जिम्मेवारी वसन्त गौतमलाई, प्रसाद वितरणको जिम्मेवारी लेखनाथ भट्टराईलाई तोकेको छ।
एकलधारा दिदीबहिनी समूहकी मिरा गौतम, एकलधारा टोल विकास समूहका कृष्ण अधिकारी, टिकाराम भन्तना, चित्रनाथ अधिकारी, जगनाथ गौतम, हरि अधिकारी लगायत वरिष्ठ समाजसेवी हेरम्भप्रसाद कोइराला, नेत्रपाणी अधिकारी, चोलाकान्त ओझा बैठकमा सहभागी थिए।
बैठकले पाँच जना पण्डितको उपस्थितिमा भव्य पूजा गर्ने निर्णय गरेको छ। जेष्ठ नागरिकहरूले पहिले यहाँ बरपिपलको रुख र चौतारी रहेको र दैनिक पूजा गरिने गरेको स्मरण गर्दै, हाल चौतारी फडानीका कारण देव–देवी रिसाएको र त्यसकै परिणामस्वरूप दुर्घटनाहरू बढेको धारणा राखेका छन्।
आर्थिक समितिका कृष्ण कोइरालाले बैठकमा हालसम्मको तयारी र आर्थिक स्थितिबारे जानकारी गराएका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19241, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









