लायन्स क्लब अफ धादिङ हाईट द्वारा आदमघाट बजारक्षेत्रका सडक छेउमा बृक्षारोपण

गजुरी । गजुरी गाउँपालिका वडा न–६, स्थित आदमघाट बजार क्षेत्रमा आज २०० वटा बिरुवा रोपिएको छ । आदमघाट बजार क्षेत्र तथा सडक आसपासमा लायन्स क्लब अफ धादिङ हाईटको आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको हो । सडक छेउमा धुपी, कपुर, अशोक लगायतका बिरुवा रोपिएको छ ।
बृक्षारोपण कार्यक्रम क्लबका अध्यक्ष लायन शालिग्राम तिमल्सेनाको अध्यक्षतामा तथा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ ‘आई’ का डिष्ट्रीक चिफ एडमिनिष्ट्रर लायन युबराज खनाल, वडा अध्यक्ष भक्तबहादुर लामा, ३२५ ‘आई’ ५ नं. का रिजन चेयरपर्सन लायन कृष्ण बद्री पौडेल, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष लायन बद्री अधिकारी, लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष लायन महेश रिजाल, शसस्त्र प्रहरी बलका प्रतिनिधि तथा वन उपभोक्ता समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बजार आसपास तथा सडकका किनारमा बिरुवा रोप्ने कार्यक्रम आफ्नो पनि सोच रहेको भन्दै लायन्स क्लवले यस किसिमको कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यावाद प्रकट गर्नु भएको थियो । उहाँले आगामी दिनमा सहकार्य हुँदा पालिकाको तर्फबाट आफु पनि हातेमालो गर्न तयार रहेको जानकारी दिनु भयो ।
त्यसैगरी कार्यक्रमका बिशेष अतिथि डिष्ट्रीक चिफ एडमिनिस्ट्रर खनालले लायन्स क्लब १०७ वर्ष पुरानो संस्था भई विश्वका २१० देशमा सक्रिय रहेको र नेपालका १५ डिष्ट्रीकमध्ये ३२५ ‘आई’ उत्कृष्ट रहेको बताउनु भयो ।
लायन्स क्लब अफ धादिङ हाईट अध्यक्ष तिमल्सेनाले आगामी दिनमा लायन्स क्लव अफ मार्फत हुने कार्यक्रमहरु समन्वय र सहकार्य गर्दै अझ प्रभावकारी रुपमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन











