हेमजाकाे तिब्रेकोट सामुदायिक वन कास्की जिल्लाकै उत्कृष्ट

पोखरा। पाेखरा २५ हेमजास्थित तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूह गत आ.व. २०८१/८२ को उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गर्दै कास्की जिल्लाकै उत्कृष्ट सामुदायिक वनको बनेकाे छ । यस समूहले प्रथम पुरस्कार स्वरूप १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ।
यस्तै दोस्रो स्थानमा पोखरा–३३ को सितुम कस्यारी तथा सिम्सार पातलेस्वारा जुकेपानी सामुदायिक वन उपभोक्ता समूह बन्याे । जसले ८ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्याे । तेस्रो स्थान प्राप्त गरेकाे पोखरा–१८ को ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
आइतबार भएकाे पुरस्कार अर्पण कार्यक्रममा कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले सामुदायिक वन व्यवस्थापनमा देखिएको उदाहरणीय कार्यको प्रशंसा गरे ।

सामाजिक र आर्थिक रुपान्तरणमा सामुदायिक वनले भूमिका खेल्ने हुनाले वनलाई समृद्धिसँग जाेड्न उनकाे आग्रह छ । ‘सामुदायिक वन व्यक्तिगत फाइदा होइन, शुद्ध सामाजिक र वातावरणीय सेवामा आधारित छ।’ उनले भने- सामूहिक कार्यक्रममा समन्वय र सहकार्यको एकीकृत भूमिकाले यसलाई अझ प्रभावकारी बनाउनुस् ।’
डिभिजनल वन अधिकृत काफ्लेले अरुलाई पनि यस्ता सकारात्मक अभ्यासबाट सिक्न र नक्कल गर्दा वातावरणीय क्षति नगर्न आग्रह गरे।
आगामी दिनमा वन व्यवस्थापनका चुनौतीहरु जस्तै डढेलो नियन्त्रण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि उत्कृष्ट समूहहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाए ।
पुरस्कार मूल्यांकन समितिको निर्णयअनुसार सब–डिभिजन वन कार्यालयहरुले सिफारिस गरेका समूहहरुबाट उत्कृष्ट छनोट गरिएको हो।
डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत राजेन्द्रप्रसाद शर्माले कार्यक्रम सञ्चालन गर्दै पुरस्कृत समूह चयनका मापदण्ड र मूल्यांकनका आधारहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरिप्रसाद गौतम, माधुरी खड्का, लेखा अधिकृत ख्यामराज पौडेल, प्रशासन अधिकृत मोतिलाल ढकाल, सहायक प्रशासकीय अधिकृत मैयाँ वानिया लगायतका वन कार्यालयका कर्मचारीहरु, तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजंग कुँवर र सदस्य दण्डपानी अधिकारी, सितुम कस्यारी तथा सिम्सार पातलेस्वारा जुकेपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विजयप्रसाद अधिकारी र सदस्य नवराज भण्डारी, ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष लोकबहादुर थापा र कोषाध्यक्ष लक्ष्मी ढुंगाना उपस्थिति थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19249, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








