भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता-दुतावास

काठमाडौँ– भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् ।
यही साउन २० र २१ गतेको बाढीपहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा पाँच जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
उत्तरकाशीमा जनकबहादुर शाही, रवि सिंह (२४ वर्ष), करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह (१८ वर्ष) र रामबहादुर हराइरहेका छन् ।
यस्तै, पौडी गढवालमा नरेन्द्र खड्का, अमृता परियार, रोमन खड्का, सन्ध्या खड्का र विमल विक हराइरहेका दूतावासको तथ्याङ्कमा उल्लेख छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








