तीजको अवसरमा अमेरिकामा ‘सतीदेवी’ विशेष शो

तीजको अवसरमा अमेरिकामा ‘सतीदेवी’ विशेष शो

काठमाडौं । नारीप्रधान चलचित्र ‘सतीदेवी’ आउँदो शनिबार (साउन ३१ गते / अगस्त १६) अमेरिकाको भर्जिनीयामा विशेष प्रदर्शन हुने भएको छ। महिलाहरूको महान् पर्व तीजको अवसरमा नारी सम्मानार्थ सो विशेष शो आयोजना गर्न लागिएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन्।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आए पनि नेपाली चलचित्र निर्माण, कलाकारिता र समाजसेवामा सक्रिय पन्तका अनुसार ‘सतीदेवी’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थुप्रै अवार्ड जितेको चर्चित र उत्कृष्ट फिल्म भएकाले यसलाई विशेष रुपमा प्रस्तुत गर्न लागिएको हो। उनले भने, “यस प्रकारका मौलिक र पारिवारिक चलचित्र अझ धेरै बन्नुपर्छ र धेरै दर्शकले हेर्नुपर्छ भन्ने सोचका साथ हामीले यो शो गर्न निर्णय गरेका हौं। नेपाली कला, संस्कृति, मौलिकता र आफ्नोपन जोगाइराख्न हरेकले आफ्नो तर्फबाट पहल लिनै पर्छ भन्ने विश्वासका साथ हामी यो कार्यक्रम गर्दैछौं।”

एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘ठूली’ का निर्माता समेत रहेका पन्तले आफूहरू ‘सतीदेवी’ हेर्न निकै आतुर रहेको बताए।

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र अवार्ड–०८० मा विशेष चलचित्र पुरस्कारसहित अहिलेसम्म एक दर्जन अवार्ड जितिसकेको ‘सतीदेवी’ को लेखन, निर्माण र निर्देशन लक्ष्मण सुवेदीले गरेका हुन्। फिल्ममा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बाल कलाकार हर्षिका वली र मञ्जिला बानीयाँ लगायतले अभिनय गरेका छन्।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी, क्यालिफोर्नियासँग सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्मातामा दिलासा सुवेदी, सारा सुवेदी, श्रीदेवी सुवेदी र बिशाल सुवेदी रहेका छन्। निर्देशक सुवेदीका अनुसार भर्जिनीयापछि अन्य अमेरिकी स्टेटहरूमा पनि ‘सतीदेवी’ को विशेष शो आयोजना हुने तयारी छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   8   =  

Protected by Spam Master