एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना

काठमाडौँ ।

आर्थिक वर्ष २०८१/८२ मा देशभर प्रेस स्वतन्त्रता हनन्का ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले २०८१ असारदेखि २०८२ असार मसान्तसम्म गरिएको अनुगमनबाट प्रेस स्वतन्त्रता हननका ९४ घटना भएको मङ्गलबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी धम्की/दुर्व्यवहारका घटनाहरू ४१ रहेको उल्लेख गरिएको छ । ‘आक्रमण/कुटपिटका घटना २२, पेसागत असुरक्षा १३, कब्जा/अवरोध ७, पक्राउ/पक्राउ प्रयासका घटना ७ रहेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘नीतिगत बन्देजका २, पत्रकार हत्या १, जातीय विभेदका घटना १ रहेका छन् ।’ प्रदेशगत तथ्याङ्कअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ३८ घटना भएको काउन्सिलले जनाएको छ । मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा ८/८, कर्णालीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३ र देश बाहिर १ घटना भएका विज्ञप्तिमा उल्लेख छ ।

लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएको पाइएको छ । घटना ९४ वटा भएको भए पनि एउटै घटनामा एक वा एकभन्दा बढी व्यक्ति पीडित भएको हुँदा समग्र पीडितको सङ्ख्या घटना‐सङ्ख्या भन्दा बढी देखिएको बताइएको छ । यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना भएकामा बाग्मती प्रदेशमा ४, मधेस प्रदेशमा ३ र कर्णालीमा २ घटना भएको पाइएको काउन्सिलले जनाएको छ । काउन्सिलले पत्रकार आचारसंहिताका साथै प्रेस स्वतन्त्रताका सम्बन्धमा समेत नियमित अनुगमन गर्दै आएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/08/12/9961/, www.presscouncilnepal.gov.np

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   8   =  

Protected by Spam Master