पोखरामा श्रीकृष्ण जन्माष्टमी विशेष पूजाआराधना र कथा प्रवचन हुने

पोखरा । पोखरा–१७, ड्यामसाइडस्थित पुरानो श्रीराधाकृष्ण मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व अवसरमा विशेष पूजाआराधना, कथा प्रवचन तथा विभिन्न धार्मिक कार्यक्रम हुने भएका छन्।
मन्दिर व्यवस्थापन समितिका अनुसार, आगामी ३१ गते (शनिबार) बिहान ९ बजे देखि राति १२ बजेसम्म पूजाआराधना गरिने छ। यस अवसरमा पण्डित दिपक सापकोटाको कथा प्रवचन हुने र भक्तजनका लागि श्रवण तथा प्रसाद वितरणको व्यवस्था मिलाइने समितिका सचिव रमेशराज पोखरेलले जानकारी दिए।
कार्यक्रममा पोखराका विभिन्न धार्मिक तथा सामाजिक संस्थाको सहभागिता रहने छ। साथै, मन्दिरमा हुने दैनिक आरतीको साथमा विशेष सजावट पनि गरिने जनाइएको छ।
समितिले भक्तजनलाई सहभागी भई धार्मिक लाभ लिन र सञ्चारमाध्यममार्फत यस पर्वको प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19291, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो









