प्रतिभामा कक्षा एकका बालबालिकाले देखाए नेपालकै विविधता र एकताको सन्देश

पोखरा । प्रतिभा माविका कक्षा एकमा अध्ययनरत बालबालिकाहरुले नेपालकै विविधता र एकताको सन्देश दिने विविध सिर्जनात्मक प्रस्तुति देखाएका छन् ।
विद्यालयमा भएकाे CPRS अन्तर्गतको ‘Our Community Theme Celebration’ कार्यक्रममा उनीहरुले विद्यालय, घर र बगैँचाभन्दा पर पूरै नेपाल र नेपाली समाजको बहुरंगी रूप स्टेजमा देखाएका हुन् ।

कार्यक्रममा बालबालिकाले र्याम्प वाकमार्फत आफ्नो परिचयसँगै हिमाल, पहाड र तराईका संस्कार, चाडपर्व, रीतिरिवाज तथा धर्म–संस्कृति झल्किने पोशाक, पेशा–व्यवसाय जनाउने गतिविधि र भावनात्मक प्रस्तुति दिए।

विद्यालयका प्रधानाध्यापक किरण सापकोटाले ‘जग बलियो भए घर बलियो हुन्छ’ भन्ने मूल सन्देशसहित विद्यालयमा CPRS पद्वति मार्फत शैक्षिक गतिविधिहरु सञ्चालन गरिएकाे बताए ।

उनले ‘Learning by doing’ लाई आत्मसात गर्दै विद्यालयमा गरिने विभिन्न क्रियाकलापहरुले विद्यार्थीको व्यक्तित्व विकासमा पुर्याउने योगदानबारे चर्चा गरे । उनले भने, “यो कार्यक्रमले बालबालिकामा आफ्नै संस्कृति, पेशा र परम्पराप्रतिको जानकारी मात्र होइन, विविधतामा एकताको पाठ पनि सिकाएको छ।”

कार्यक्रममा विद्यालयका फाइनान्स डिरेक्टर विश्वगोपाल पराजुलीले विद्यार्थीहरूले प्रस्तुत गरेका कार्यक्रमहरूको प्रशंसा गर्दै अभिभावकहरूलाई आफ्ना बालबालिकासम्बन्धी गुनासाे भएमा सहज रूपमा विद्यालयमा राख्न आग्रह गरे । उनले विद्यालयको सफलता केवल शिक्षक र विद्यार्थीमा मात्र निर्भर नभई समुदायको सहभागिता, सहयोग र विश्वासमा आधारित हुने बताए ।

विद्यालयकी मन्टेश्वरी व्लग कोअर्डिनेटर निर्मला सुवेदीले प्रतिभा माध्यमिक विद्यालयले स्थापना भएदेखि नै शिक्षामा नयाँ आयाम थप्दै आएको बताईन् । यसैअन्तर्गत सञ्चालित प्रतिभा मण्टेश्वरीले बालबालिकाको चौतर्फी विकासलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गरिन् ।

‘आजकाे कार्यक्रम कक्षाकोठाभित्रको पठनपाठनलाई व्यवहारिक ज्ञानसँग जोड्ने उद्देश्यले आयोजना गरिएको हो ।’ उनले भनिन्- ‘जसमा कविता, भूमिकानिर्वाह र अन्य गतिविधिबाट बालकेन्द्रित शिक्षणलाई मनोरञ्जनपूर्वक अघि बढाइएको छ।’

कार्यक्रममा बालबालिकाहरुले टाेल भेला, हाट बजार र माेवाईल फाेन विषयक नाटक, नेत्र चिकित्सक सन्दुक रूइतको प्रेरणादायी जीवनी वाचन, कविता वाचन, विद्यालयमा अध्यापन हुने दिनहरूको तुलना प्रस्तुति र नृत्य लगायतका प्रस्तुतिहरु राखेका थिए ।
कार्यक्रममा शिक्षिकाहरु सुस्मिता श्रेष्ठ, जमुना गिरी, कमला शर्मा, मिना रानाभाट, हाेलशाेभा गुरुङ, पवित्रा पुन लगायतले कार्यक्रम सञ्चालनसँगै बालबालिकालाई सहजीकरण गरेका थिए ।

कक्षा एकका विद्यार्थी वेदान्त सुवेदीले प्रमुख अतिथिकाे भूमिका निर्वाह गरेकाे कार्यक्रममा कक्षा एकका बालबालिकाहरुका अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेकाे थियाे ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19280, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








