‘राम नाम सत्य’ को शुभमुहुर्त सम्पन्न, चैत्र २७ बाट प्रदर्शन हुने

काठमाडौं। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने फिल्म ‘राम नाम सत्य’ आज ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभमुहुर्त गरिएको छ। काठमाडौंमा छायांकन सुरु हुने फिल्मको केही दृश्य चितवनमा पनि खिचिने छन्।
निर्देशक माइकल चन्दको निर्देशनमा बन्न लागेको यस फिल्मलाई नयाँ वर्षको अवसर पार्दै चैत्र २७ गतेबाट प्रदर्शनमा ल्याइने घोषणा गरिएको छ। शुभमुहुर्तको अवसरमा मुख्य कलाकार विराज भट्टको एङ्ग्री अवतारसहितको पोस्टर सार्वजनिक गरिएको छ, जसमा उनको एक्सन छवि झल्किएको छ।
फिल्ममा विराज भट्टसँगै सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका रहनेछ। उपेन्द्र सुब्बा र स्वेता विमली निर्माता रहेका छन् भने किशोर भट्ट र डा. डी.आर. उपाध्याय कार्यकारी निर्माता हुन्।

माइकल चन्दकै कथा र पटकथा रहेको फिल्ममा संजय लामा (डीओपी), श्री श्रेष्ठ (एक्सन), अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारी (संगीत), विक्रम स्वाँर र सियोन श्रेष्ठ (कोरियोग्राफी) रहेका छन्। क्रियटिभ निर्देशक निरज ठकुरी हुन् भने कास्टिङ निर्देशक नविन जंग शाही रहेका छन्।
फिल्मको रंग संयोजन राजेन्द्र मोक्तानले गर्नेछन्। पोस्टर फोटो विवेक बस्याल र डिजाइन विजय बस्यालको रहेको छ। मोती कार्की क्रियटिभ निर्माता हुन् भने राजेन्द्र आचार्य लाइन प्रोड्युसरका रुपमा छन्। स्क्रिप्ट कन्सल्ट्यान्टमा अभिमन्यू निरवी र समय थापा छन्।
शुभमुहुर्त कार्यक्रममा निर्देशक माइकल चन्दले ‘राम नाम सत्य’लाई आफ्नो “सपनाको फिल्म” भन्दै भावुक अभिव्यक्ति दिएका थिए। अभिनेता विराज भट्टले ‘१२ गाउँ’पछि पुनः ठूलो पर्दामा फर्किन पाउँदा उत्साहित भएको बताए भने सुशिल श्रेष्ठले पनि कथावस्तु अत्यन्तै बलियो र दर्शकलाई मन पर्ने खालको भएको उल्लेख गरे।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









