पोखरामा मेट्रो ग्रुपकाे शुभारम्भ

पोखरा । पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेश लगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा होलसेल बिक्री वितरण गर्ने उद्धेश्यले मेट्रो ग्रुपको स्थापना गरिएको हो ।
पोखरा महानगरपालिका–४ पन्थीगल्लीमा खुलेको मेट्रो ग्रुपको आज पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गर्नुभयो । पोखराका व्यवसायिक क्षेत्रमा स्थापित १७ जना व्यवसायी मिलेर ग्रुपको स्थापना गरेका हुन् ।
गु्रपको स्थापनासँगै छिमेकी मुलुक चीनबाट पोखरामा सिधै सामानहरु आयात गर्ने र काठमाडौँको परनिर्भरता हट्ने मेट्रो ग्रुपका अध्यक्ष यादवराज पोखरेलले बताए । उनले एकल व्यवसायमा स्थापित व्यवसायीले खोलेको संस्था भएकाले मेट्रो ग्रुपको साझेदारी व्यवसाय समेत सफल हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष पोखरेलले भने,“चीनबाट सिधै पोखरामा अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु उपलव्ध गराउने कम्पनीको उद्धेश्य छ । चीनमा उत्पादक कम्पनीसँग जोडिने भएकाले काठमाडौँको तुलनामा यहाँ ल्याउँदा लागत समेत सस्तो पर्छ। साझेदारी व्यवसायमा चूनौती रहेपनि, एकल व्यवसायममा भन्दा कम जोखिम रहेकाले नाफा पनि आर्जन गर्ने र राज्यलाई समेत राजश्व तिर्ने योजना छ ।”
मेट्रो ग्रुपका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नवराज त्रिपाठीले एक वर्षअघिको अवधारणा अहिले साकार भएको बताउँदै कम्पनीले अहिले चीनबाट सिधै सामान आयात सुरु गरेको बताए । सुरुआतमा शेयरसदस्यहरुबीच सामान खपत भइरहेको र सदस्य भन्दा बाहिर जान सकेको खण्डमा सम्भावना धेरै राम्रो रहेको बताए ।
“निकट भविष्यमा पोखरामा आँफै उत्पादन गर्ने वा चीनबाट आफ्नै ब्राण्डमा ल्याउने योजना छ । संस्थाका सवै सदस्यहरु व्यवसायिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्ति भएकाले यो सामुहिक व्यवसाय सफल हुने विश्वासमा छौँ ।” त्रिपाठीले भने । त्रिपाठीले कम लागतमा उच्च गुणस्तरका आयतित सामग्रहीहरु यहाँका व्यापारीहरुलाई बिक्री गर्ने योजना सुनाए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भूकम्पछि मन्दीमा गएको व्यवसाय कसरी माथि उठाउने भन्ने चूनौती रहेको बताए । कार्कीले व्यवसाय चलायमान नभएको अहिलेको अवस्थामा मेट्रो ग्रुपका लागि अवसर समेत बन्न सक्ने बताए । “बैँक तथा वित्तिय संस्थाको व्याजदर न्यून भएपनि अहिले कर्जाको माग छैन, व्यापार व्यवसाथ मन्दीमा छन् । मन्दीमा रहेको व्यवसाय चलायमान बनाउनु अहिलेको आवश्यकता हो ।” कार्कीले भने ।
पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले महेन्द्रपुल तथा चिप्लेढुुँगा क्षेत्रको फुटपाथको समस्या समाधान गरिएको बताउँदै व्यवसायीमा उत्साह जगाउनका लागि स्थानीय सरकारले काम गरिरहेको बताए ।
पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पवनकुमार प्रजापतिले व्यावसायिक चूनौतीको अवस्थामा मेट्रो ग्रुपले सहुलियत र सहज रुपमा व्यवसाय सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।
पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले उत्पादनमा जोडिने ग्रुपको योजना राम्रो रहेको बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ वस्तुगत संघका संयोजक पृथ्वीराज तिमिल्सिना, उद्योग व्यवसायी महासंघ गण्डकीका अध्यक्ष बबरजंग गुरुङ, कपडा व्यवसायी एशोसिएसन कास्कीका अध्यक्ष लेखनाथ पौडेल, ग्रुपका सचिव लेखनाथ सुवेदी, संस्थाका शेयर सदस्य अर्जन पोखरेल लगायतले व्यवसायी निराश भएको अवस्थामा ग्रुपले पोखरा तथा गण्डकी क्षेत्रभर आशाको दियो बाल्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19297, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार १९:०४प्रतिभा सुपर लिग क्रिकेट शुरु, प्रतिभा र बाल मन्दिरको बिजयी शुरुवात
समाचार२०८२ माघ १९, आईतवार १६:२५२५औं आहा रारा पोखरा गोल्ड कप आगामी २७ गतेदेखि, विजेताले १४ लाख रुपैयाँ पाउने
समाचार२०८२ माघ १८, शनिबार १९:३०पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपकाे उपाधि
समाचार२०८२ माघ १८, शनिबार १९:२३तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट, कुन्ती मोक्तानले दिईन् विशेष प्रस्तुती







