नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्दा लाग्ने शुल्क निर्धारण (कुन सवारी साधनको कति?)

काठमाडौँ- सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोगकर्ताका लागि शुल्क निर्धारण गरेको छ ।
साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिनुभएको हो ।
जसअनुसार कार, भ्यानहरूका लागि काठमाडौँ आउँदा ६५ रुपैयाँ र काठमाडौँबाट जाँदा ६० रुपैयाँ तोकिएको छ ।
यसैगरी, मिनिबस, मिनी ट्रकको काठमाडौँ आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ ।
बस र ट्रकको हकमा काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र जाँदा २ सय रुपैयाँ लाग्नेछ ।
यस्तै, गह्रौँ सवारी साधनको काठमाडौँ आउँदा ६ सय रुपैयाँ र जाँदा २ सय ५० रुपैयाँ सुरुङ मार्ग उपभोग दस्तुर तोकिएको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।
मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय कृत्रिम बौद्धिकता एआई नीति २०८२ स्वीकृत गर्नुकासाथै सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत बाधा अड्काउ फुकाउ आदेशसमेत जारी गरेको सरकारका प्रवक्ता मन्त्री गुरुङले जानकारी दिनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो








