कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ जना नेपाली श्रमिकहरुको मृत्यु, ३५ जना अस्पतालमा

काठमाडौँ- कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ जाना नेपाली श्रमिकहरुको मृत्यु भएको छ भने कतिपय श्रमिकहरु अस्पतालमा भर्ना भएका छन।
विषाक्त मदिरा सेवनका कारण यस्तो घटना घटेको कुवेत प्रहरीको प्रारम्भिक रिपोटले देखाएको छ । हाल सम्म ७ जानको मृत्यु भएको र थप के कति नेपाली श्रमिकको हताहती भएको भन्ने विवरण बुझ्ने काम भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले नेपालटिभी अनलाइनलाई जानकारी दिनु भयो ।
प्रवक्ता पौडेलका अनुसार हालसम्म ३५ जना नेपाली श्रमिकको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको उपचारमा कुनै कमी हुन नदिन मन्त्रालयले त्यहाँ स्थित कुवेत सरकार, स्वास्थ्य मन्त्रालय र स्थानीय प्रहरीसँग कुवेतस्थित नेपाली दुतावास मार्फत समन्वय गरिरहेको प्रवक्ता पौडेलले बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै







