पोखरामा बीवाईडीको नयाँ शोरूम र अत्याधुनिक ‘बीवाईडी सिलायन ७’ सार्वजनिक

पोखरा । पोखराको अटोमोबाइल बजारमा नयाँ रौनक थपिएको छ। नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा. लि. ले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउन पोखरामा नयाँ शोरूम संचालनमा ल्याएको छ।
यस अवसरमा गण्डकी प्रदेशका ग्राहकका लागि बहुप्रतिक्षित नयाँ इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ पनि सार्वजनिक गरिएको हो।
बुद्धचोकमा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी (CI/VI) मापदण्ड अनुसार आकर्षक रूपमा सजाइएको छ। १२,८४५ वर्गफुट क्षेत्रफलमा फैलिएको यस शोरूममा बिक्री, सर्भिस र स्पेयर पार्ट्स — ‘थ्री एस’ सुविधा एकै स्थानमा उपलब्ध छ।

शोरूमको ठीक पछाडि निर्माणाधीन अत्याधुनिक सर्भिस सेन्टरले बिक्रीपछिको सेवामा थप गति र गुणस्तर दिनेछ, जसले बीवाईडीको विश्वस्तरीय सेवा मापदण्डलाई प्रतिविम्बित गर्छ।
‘पाेखरा हाम्रो दीर्घकालीन व्यापार योजनाको प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम उत्पादनका साथ हामी ग्राहकलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याएका छौं।’साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने-‘बीवाईडी सिलायन ७ हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणको प्रतीक हो।’
पोखरास्थित सबै बीवाईडी सर्भिस कर्मचारीहरूले कम्पनीको हेडक्वाटरबाट तालिम प्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्। यसले ग्राहकलाई सुरुदेखि अन्तिमसम्म उत्कृष्ट अनुभव दिलाउने सुनिश्चित गरेको छ।
यो विस्तारसँगै साइमेक्सले पोखरामा मात्र होइन, गण्डकी प्रदेशभरका ग्राहकलाई पनि अत्याधुनिक इलेक्ट्रिक सवारी साधन नजिकैबाट उपलब्ध गराउने मार्ग खोलेको छ। यसले नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा बीवाईडीको नेतृत्वलाई अझ मजबुत बनाएको छ।
उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिका रूपमा सहभागी भए। कार्यक्रममा अटोमोबाइल क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी र बीवाईडीका प्रशंसकहरूको उल्लेखनीय सहभागिता रहेेकाे थियाे ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19309, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २१, शनिबार १५:१७१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
समाचार२०८२ चैत्र २१, शनिबार १०:३८कलाकार सागर लम्साल ‘बले’ पक्राउ
समाचार२०८२ चैत्र २०, शुक्रबार ०६:१३पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन
समाचार२०८२ चैत्र १९, बिहीबार १६:१२सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप






