१० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ

१० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ

पोखरा ।
१० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रूप अफ पोखराले सघाउने भएको छ । रारा तयारी चाउचाउको टाईटल स्पोन्सर र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख १८ गते पोखरामा हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डका लागि विगतमा जस्तै सहयोगलाई निरन्तता दिने भएको हो ।

टाईगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच १० औं पोखरा स्पोर्टस अवार्डमा सहयोग गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै टाईगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले गण्डकी प्रदेशकै गौरव गर्ने कार्यक्रम मध्ये उत्कृष्ट रहेको पोखरा स्पोर्टस अवार्ड संग सहकार्य गर्न पाउदा गौरव महशुस भएको बताए । खेलकुद क्षेत्रको बिकासका लागि पोखरा स्पोर्टस अवार्ड कार्यक्रम महत्वपूर्ण रहेको वताउदै खेलकुद क्षेत्रमा प्रदेशको गौरव बढाउन समेत यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।

त्यस्तै मञ्चका अध्यक्ष एमबी आस्था मगरले भलिवल प्रतियोगिता मार्फत गण्डकी प्रदेशमा बेग्लै पहिचान बनाउन सफल टाईगर ग्रुपको साथ र सहयोग पाउदा पोखरा स्पोर्टस अवार्ड आयोजक कमिटिमा थप हौसला बढेको बताए । विगत देखिनै सहकार्य गर्दै आइरहेको टाइगर गु्रप संगको सहकार्यलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21421, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   3   =  

Protected by Spam Master