पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न

धादिङ, २ भदौ ।
पूर्व प्रहरी संगठन धादिङले ३५ औं स्थापना दिवस तथा हरितालिका तीज पर्वको अवसरमा विशेष दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
बागमती प्रदेशका आन्तरिक तथा कानुन मन्त्री माननीय शिवराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रदेश सांसद माननीय गोविन्द प्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख भेषराज रिजाल, नीलकण्ठ नगरपालिका वडा नं. ४ का अध्यक्ष हरि बहादुर श्रेष्ठ, समाजसेवी गोपाल विश्वकर्मा, डा. गुरु प्रसाद खकुराल, भवनाथ अधिकारी, सशस्त्र प्रहरी प्रमुख माला अवा लगायतका अतिथिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
संगठनका अध्यक्ष नवराज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमर प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका १० जनालाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
जिल्लाका विभिन्न संघसंस्थाका प्रमुख, प्रतिनिधि, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा बाजागाजासहित झाँकी प्रदर्शन समेत गरिएको अध्यक्ष दुवाडीले जानकारी दिनुभयो।









लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार २०:१६इरानमा सैन्य आक्रमणको तयारी गर्दै अमेरिका
समाचार२०८२ फाल्गुन १०, आईतवार १७:३२प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक







