प्रतिभा माविमा ‘फादर्स डे’ सेलिव्रेशन

प्रतिभा माविमा ‘फादर्स डे’ सेलिव्रेशन

पोखरा । पोखरा–३, नदिपरमा रहेको प्रतिभा माध्यमिक विद्यालयले शुक्रबार ‘फादर्स डे’ सेलिव्रेशन गरेको छ । कक्षा नर्सरीदेखि युकेजीसम्मका बालबालिकाहरुका वुवाहरुको विशेष उपस्थितिमा गरिएको कार्यक्रममा बालबालिकाले आफ्ना बुवाप्रतिको माया, कृतज्ञता र सम्मान प्रकट गरेका थिए ।

प्रतिभा माविमा ‘फादर्स डे’ सेलिव्रेशन

विद्यालयका एकेडेमिक भाइस प्रिन्सिपल प्रदीप खनालले फादर्स ‘डे’को महत्वबारे प्रकाश पारेका थिए । ‘फादर्स डे केवल व्यक्तिगत पर्व होइन, सामाजिक चेतना फैलाउने अवसर पनि हो ।’ उनले भने– ‘यस दिनले वुवाप्रति आदर, आभार र माया व्यक्त गराउनुका साथै परिवारको एकता र सामाजिक सन्देश दिन्छ ।’ उनले यस्ता गतिविधिले बालबालिकामा सकारात्मक संस्कार विकास हुने, वुवाप्रति सम्मानको भाव बढ्ने र परिवारबीच आपसी सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वागत गर्दै विद्यालयकी मन्टेश्वरी ब्लक कोअर्डिनेटर निर्मला सुवेदीले बालबालिकाको जीवनमा वुवाको योगदान अमूल्य हुने बताइन् । ‘पिता बच्चाको प्रेरणाका स्रोत, मार्गदर्शक, आधारस्तम्भ र जिम्मेवारी बोक्ने व्यक्तित्व हुनुहुन्छ ।’ उनले भनिन् ‘यो कार्यक्रममार्फत बालबालिकाहरुले वुवाप्रतिको माया र विश्वास अझै गहिरो बनाउन सिकेका छन् ।’

कार्यक्रममा बालबालिकाले नृत्य, राइम्स, र्याम–वाकलगायतका प्रस्तुति दिएका थिए । त्यस्तै, अभिभावकहरूको सहभागितामा ‘आँखा छोपेर बच्चा पत्ता लगाउने’, ‘आवाज पहिचान गर्ने’ लगायतका रमाइला खेल पनि खेलाइएको थियो । जसले अभिभावक र बालबालिकाबीचको आत्मीयता झनै मजबुत भएको सहभागीले अनुभूत गरे ।

शनिवार परेको कुशेंऔंसी अर्थात वुबाको मुख हेर्ने दिनको अवसरमा आयोजित कार्यक्रम विद्यालयका शिक्षिकाद्वय शैली ताम्राकार र रविना थापाले सञ्चालन गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19361, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   2   =  

Protected by Spam Master