‘पलक मुचाल लाइभ इन नेपाल’ सेप्टेम्बर १९ मा काठमाडौंमा आयोजना हुने

‘पलक मुचाल लाइभ इन नेपाल’ सेप्टेम्बर १९ मा काठमाडौंमा आयोजना हुने

काठमाडौँ। बलिउडकी चर्चित गायिका पलक मुचाल पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिन आउँदैछिन्। आउँदो सेप्टेम्बर १९ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने “पलक मुचाल लाइभ इन नेपाल” कन्सर्टमा उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन्।

यो भव्य कन्सर्टको प्रस्तुति वर्ल्डवाइ फिल्म्स नेटवर्कले गर्नेछ भने व्यवस्थापन मनु मिडियाले गर्नेछ। आयोजकका अनुसार, यसपटकको कन्सर्टलाई नेपाली दर्शकका लागि अविस्मरणीय अनुभव बनाउन विशेष तयारी भइरहेको छ।

कार्यक्रममा कोरियाली गायिका सेलिन्डी माताहारीले समेत आफ्नो प्रस्तुति दिनेछिन्। उनी कोरियालीसहित १५ भन्दा बढी भाषामा गीत गाउन सक्ने क्षमता भएकी अन्तर्राष्ट्रिय स्तरकी चर्चित कलाकार हुन्। साथै, कन्सर्टमा नेपाली कलाकारहरूको पनि उत्कृष्ट प्रस्तुति रहनेछ।

आयोजक संस्था अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनिष कार्कीका अनुसार, अघिल्लो नोरा फतेही कन्सर्टबाट प्राप्त अनुभवलाई यसपटक अझ प्रभावकारी ढंगले प्रयोग गरिनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र 'कुम्भ' को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   8   =