‘मालती मंगले’को कार्यशाला जारी, विजय र वर्षासहितका कलाकारहरूको सहभागिता

काठमाडौं । भाद्र दोस्रो हप्तादेखि छायाङ्कनमा जान तयारी भइरहेको नेपाली चलचित्र ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा भइरहेको छ। चलचित्रका पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो। वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरू सहभागी रहेका छन्।
वर्कसपको क्रममा अभिनेता विजय बरालले चलचित्रले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। उनले भने, “पात्रलाई अझै नजिकबाट बुझ्न यो वर्कसपले ठुलो मद्दत पुर्याएको छ। दर्शकले आफ्नो कथा पर्दामा देखेझैँ अनुभूति गर्नेछन्।” त्यसै गरी अभिनेत्री वर्षा राउतले वर्कसपलाई आफूलाई पात्रमा ढाल्ने अवसरका रूपमा लिएको बताइन्। उनले भनिन्, “यो चलचित्र पारिवारिक भावनासँग जोडिएको छ। वर्कसपमार्फत पात्रको गहिराइमा पुग्ने अवसर पाइरहेकी छु।”
‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन्। कथा पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद गुरागाईँले तयार पारेका छन्। चलचित्रको छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न भूभागमा हुने कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यस चलचित्रका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन्। सह निर्माता रविन श्रेष्ठ र बाबु सुवेदी, छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी, गीतकारहरू राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र सङ्गीतकारहरू हरि लम्साल, राजनराज सिवाकोटी, उज्ज्वल सागर रहेका छन्।
निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’
समाचार२०८३ बैशाख २, बुधबार १०:२९समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन








