सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ – गए राती देखी परेको वर्षाका कारण खसेको पहिरोका कारण पृथ्वी राजमार्गको यातायात बन्द भएको छ । बेनिघाट रोराङ्ग गाउँपालिका स्थित बेनी घाट रोराङ्ग गाउँपालिका स्थित वडा नम्बर १० तिकराङ्ग खानीको बाँदरे मोड भन्ने स्थानमा पहिरो खस्दा राजमार्गमा दुबै तर्फी यातायात ठप्प भएको हो ।
पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सो राजमार्ग भएर राजधानी प्रवेशका लागी आएका रात्रि बस मालवाहक सावरीका साथै राजधानीबाट तराईका विभिन्न भागमा जानका लागी निस्किएका सवारीका साधनहरूको लामा निकै लागेको छ ।
अवरुद्ध सडकको पहिरो पन्छाउने दुई ओटा मेशिन परिचालन गरिसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनु भएको छ ।
पहिरो ठुलो भएकोले पन्छाउन दुई देखी तिन घण्टा लाग्ने पनि प्रमुख श्रेष्ठले जानकारी दिनु भएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार १५:४०एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २९, बुधबार ११:५९पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २९, बुधबार ०९:३२चलचित्र ‘एक्लो’को कविता नेपाली फिचर्ड गीत सार्वजनिक
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा