सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ – गए राती देखी परेको वर्षाका कारण खसेको पहिरोका कारण पृथ्वी राजमार्गको यातायात बन्द भएको छ । बेनिघाट रोराङ्ग गाउँपालिका स्थित बेनी घाट रोराङ्ग गाउँपालिका स्थित वडा नम्बर १० तिकराङ्ग खानीको बाँदरे मोड भन्ने स्थानमा पहिरो खस्दा राजमार्गमा दुबै तर्फी यातायात ठप्प भएको हो ।
पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सो राजमार्ग भएर राजधानी प्रवेशका लागी आएका रात्रि बस मालवाहक सावरीका साथै राजधानीबाट तराईका विभिन्न भागमा जानका लागी निस्किएका सवारीका साधनहरूको लामा निकै लागेको छ ।
अवरुद्ध सडकको पहिरो पन्छाउने दुई ओटा मेशिन परिचालन गरिसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनु भएको छ ।
पहिरो ठुलो भएकोले पन्छाउन दुई देखी तिन घण्टा लाग्ने पनि प्रमुख श्रेष्ठले जानकारी दिनु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक








