पिसिसिआई आर्थिक पत्रकारिता पुरस्कारबाट आरजु विष्ट सम्मानित

पोखरा । पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको पिसिसिआई आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार मोहनकुमार विष्ट (आरजु विष्ट) सम्मानित भएका छन्।
संघको ७१औं वार्षिक अधिवेशन (साधारण सभा) का अवसरमा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले पत्रकार विष्टलाई नगद रु. २५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन्।
लगातार २५ वर्षदेखि पत्रकारितामा सक्रिय विष्टले २०५४/५५ सालमा पत्रकारिता सुरु गरेका थिए। २०५८ सालदेखि रेडियो अन्नपूर्णमा निरन्तर कार्यरत उनी हाल सफलन्यूज डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध छन्।

पत्रकारिताको माध्यमबाट गाउँलाई शहर र शहरलाई गाउँसँग जोड्ने खालका समाचार तथा आर्थिक कार्यक्रम सञ्चालन गर्दै आएका विष्ट गीत लेखनमा पनि सक्रिय छन्।
२०७२ सालदेखि कला, आवाज र दृष्टि को माध्यमबाट सुरु गरिएको यो पुरस्कार हरेक दुई वर्षमा प्रदान हुँदै आएको छ। हालसम्म पाँच जना पत्रकारलाई सम्मानित भईसकेकाे यो पुरस्कार यसपटक छैटौँ संस्करणकाे हो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19405, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









