विश्व बेपत्ताविरुद्धको दिवस आजः धार्केमा अन्तरक्रिया सम्पन्न,जिल्लाका २४ जना अझै बेपत्ता

धादिङ,१४ भाद्र
बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ताविरुद्धको दिवसको अवसरमा आज धार्केमा अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको आयोजनामा जान्न पाउने अधिकार,उनीहरु विसिएका छैनन्,परिवारहरुले जवाफ पाउनै पर्छ,खोजी कार्य जारी छ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय बेपत्ता दिवस मनाईएको छ ।नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको सभापती दुर्लभ कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीको प्रमुख आतिथ्यता र बेपत्ता परिवार समाजका केन्द्रिय सदस्य रामबहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।
धादिङ जिल्लाबाट २३ घरपरिवारका २४ जना व्यक्तिहरु अझै सम्म पनि बेपत्ता रहेका छन् । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सन् १९८१ देखि संयुक्त राष्ट्रसङ्घ र एम्नेस्टी इन्टरनेसनलको सक्रिय भूमिकामा हरेक वर्षको अगस्त ३० तारिखमा विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवस मनाउने क्रमको सुरुआत ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट भएको हो । नेपालमा विगतमा भएको दशवर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठूलो सङ्ख्यामा नागरिक बेपत्ता पारिएका थिए । सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति अझै सम्पर्कमा आएका छैनन् । अन्तर्राष्ट्रियरूपमा कार्यरत मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्च आयुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समितिजस्ता संस्थाले यसबारे विश्वव्यापीरूपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिँदैआएका छन्
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार २२:३०पेट्रोलको मूल्य घट्यो
समाचार२०८२ आश्विन २९, बुधबार १५:४०एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २९, बुधबार ११:५९पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २९, बुधबार ११:५३प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव