‘कोशेढुङ्गा : गाउँघरको पीडा, परदेशको बाध्यता र स्वदेशको आशा बोलेको चलचित्र’

पाेखरा । “कोशेढुङ्गा केवल चलचित्र होइन, यो हाम्रो गाउँघर, हाम्रो पीडा र हाम्रो सपना बोलेको ऐना हो।” दर्शकको यस्तो प्रतिक्रिया पाएको नेपाली चलचित्र कोशेढुङ्गा हालै प्रदर्शनमा आएसँगै चर्चाको केन्द्र बनेको छ।
सराेज पाैडेलकाे निर्देशनमा बनेकाे चलचित्रले मध्यम वर्गीय परिवारको आर्थिक अभाव, वैदेशिक रोजगारीको बाध्यता र महिलाले भाेग्नुपरेका पीडाहरु जीवन्त ढंगले उतारेको छ।
राेजगारीकाे लागि परदेश काम गर्न जान बाध्य युवा, परदेशमा नै आईपर्ने समस्या, परदेशकाे जेलमा रहेका श्रीमानलाई घर फर्काउन ब्लड मनी (क्षतिपूर्ति रकम) जुटाउन श्रीमतीले भाेगेका दुखहरु अनि परदेशबाट घरदेश फर्किएपछि परिवारकै विखण्डन—यी सबै कथाहरूलाई चलचित्रले वास्तविकताजस्तै चित्रण गरेको छ।
पोखरा मिडटाउनमा प्रदर्शनका क्रममा हलमा दर्शककाे बाक्लाे उपस्थिति दर्शकको उत्साहपूर्ण ताली सुन्नु र कथाले दर्शकलाई रुवाउनुले निर्मातादेखि कलाकारसम्मका लागि ठूलो हौसला बनेको छ।
चलचित्र हेरेपछि रेखा जिसीले भनिन्, ‘यो चलचित्र हाम्रो आफ्नै कथा हो, दर्शकले आफ्नो जीवनसँग जोड्न सक्छन्। त्यसैले सबैलाई हलसम्म आएर चलचित्र हेर्न आग्रह गर्दछु।’
दर्शक अनु गुरुङ, ज्याेति थापाले पनि चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। उनीहरुले विदेशिनुपर्ने बाध्यता र स्वदेशमै केही गर्न सक्ने चाहनालाई जोडेर तयार पारिएकाे कथावस्तु जिवन्त रहेकाे बताए ।
कलाकार इन्द्र ढकालले सिरुबारी, आँधिखोला, त्रिवेणीलगायतका क्षेत्रको मौलिक परिवेश चलचित्रमा देखाइएकाे बताए । प्रत्येक नेपाली घरको कथा चलचित्रमा उतारिएकाे उनकाे भनाई छ ।
नरदेवी फिल्सको प्रस्तुति रहेको चलचित्र कोशेढुंगामा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिग्देल, प्रेविल कँडेल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतका कलाकारको दमदार अभिनय छ।
चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् । कार्यकारी निर्माता दिनेश खड्का भने यसकाे बाबु श्रेष्ठले छायांकन गरेका हुन् । चलचित्रकाे सम्पादनमा सुरेन्द्र पौडेल रहेका छन् । चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीतले चलचित्रलाई जिवन्त बनाएकाे छ ।
चलचित्रका समीक्षकहरूले यसलाई “नेपाली चलचित्र उद्योगमा नयाँ मापदण्ड कायम गर्ने कृति” भनेर प्रशंसा गरेका छन्। ‘कोशेढुङ्गा’ले समाजलाई ऐना देखाउनुका साथै मनोरञ्जन, भावनात्मक सम्पर्क र सन्देश सबै दिन सफल भएको छ।
यहि भदाै १२ गतेदेखि प्रदर्शनमा आएकाे चलचित्र काेशेढुंगा विश्वका ४० देशमा प्रदर्शन भएकाे जनाईएकाे छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19427, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ३०, सोमबार १४:२४सञ्चारिका समूह नेपाल,गण्डकी प्रदेशको सातौँ अधिवेशन सुरु
समाचार२०८२ चैत्र २९, आईतवार १९:०५२१ औं फेवा नववर्ष महोत्सव सुरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:५७आलु महोत्सवमा बढ्दो सहभागिता
समाचार२०८२ चैत्र २८, शनिबार २०:३२पोखरामा युवती हत्या प्रकरण: दोषीलाई कडा सजायको माग, प्रशासन भन्छ-‘कानुनी कारबाहीमा कुनै कसर बाँकी रहँदैन’







