चलचित्र‘अभिमन्यु – च्याप्टर १’ को टाइटल ट्र्याक सार्वजनिक

चलचित्र‘अभिमन्यु – च्याप्टर १’ को टाइटल ट्र्याक सार्वजनिक

काठमाडौँ। सेभेन सिज सिनेमाको प्रस्तुतीमा तयार भएको चलचित्र‘अभिमन्यु – च्याप्टर १’ को टाइटल ट्र्याक सार्वजनिक गरिएको छ। आगामी भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको गीतमा व्योमाको स्वर, शब्द र संगीत रहेको छ । सार्वजनिक गीतमा महेन्द्र बाठाले संगीत निर्माण गरेका छन्।गीतको भिडियो सम्पादन, रंग संयोजन र छायांकन योगेश दाहालले गरेका छन्।

चलचित्र ‘अभिमन्यु -च्याप्टर १’ मा कामेश्वर चौरसिया, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरी, प्रकाश दाहाल, किरण श्रेष्ठ, सुष्मा निरौला, शिशिर बाङ्देल, अनिल कुर्मी, आवा प्रधान, टिका निरौला, शारदा गिरी, सेबिता अधिकारी, तुफान थापा, गणेश प्रसाद पौडेल, विजय नेपाल, बिमल यादव, राजा शंकर गिरी र अञ्जली शाह लगायतको अभिनय रहेको छ। साथै जूनियर आर्टिस्टमा प्रिन्स शाह र अन्सु महतो छन्।

चलचित्रको लेखन मुकेश खनालले गरेका हुन् भने निर्देशन सुसान्त गौतमले गरेका छन् । निर्माता बिनोद पौडेल र गुन्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, निराजन लुइटेल र सन्देश श्रेष्ठ छन्। सम्पादन सुरेन्द्र जेडि पौडेल र मदन घिमिरेले गरेका छन्। छायांकन शरद महतोको छ भने चलचित्रका क्रिएटिभ डिरेक्टर मदन थापा हुन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘राम नाम सत्य’ निर्देशकको दोश्रो चलचित्र ‘हेराई’ घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   10   =  

Protected by Spam Master