क्षमता भन्दा ४ गुणा बढी कैदी बन्दी

धनकुटा- जिल्ला कारागार धनकुटामा क्षमताभन्दा चार गुणा बढी कैदी बन्दी हुँदा समस्या भएको छ। क्षमताभन्दा चार गुणा बढी कैदी बन्दी हुँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको हो। कोचाकोच कैदी राखिएपछि उनीहरूलाई खान, बस्न र सुत्नसमेत निक्कै समस्या भएको छ। ५० जना क्षमता भएको धनकुटा कारागारमा १ सय ७६ जना कैदी बन्दी राखिएको रहेका छन्। जसमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दामा ६९ जना, जबरजस्ती करणीमा ६५ जना, लागु औषधमा ५० जना, चोरी डकैतीमा ९ जना र अन्य १३ जना गरी १ सय ६७ जना कैदी बन्दी राखिएको रहेका छन्।
हालको धनकुटा कारागार महिलाका लागि १५ र पुरुषका लागि ३५ जनाको क्षमताको छ। १५ जना महिला कैदी बन्दी क्षमता धनकुटा कारागारमा हाल ५ जना महिला कैदी बन्दी छन्। यता ३५ जना पुरुष कैदी बन्दी राख्ने क्षमता भए पनि सो कारागारमा १ सय ७१ जना पुरुष कैदी बन्दी राखिएको छ। क्षमताभन्दा बढी कैदी बन्दी भएपछि केही कैदी बन्दीको हस्तान्तरणको प्रक्रिया पनि सुरु गरिएको जिल्ला कारागार धनकुटाका प्रमुख सन्दीप न्यौपानेले बताउनु भयो।
यसअघि २५ जना क्षमताको पुरानो भवनमा पनि २०४५ सालदेखि नै क्षमताभन्दा बढी कैदी बन्दीहरुलाई जोखिमपूर्ण रूपमा राखिएको थियो। पुरानो भवन जीर्ण बनेपछि २०८० साल माघमा सबै कैदी बन्दीलाई नयाँ भवनमा सारिएको थियो। तर नयाँ भवनमा पनि कैदी बन्दीको सङ्ख्या चार गुणाले बढी भएको छ।
हाल कारागार तीन रोपनी क्षेत्रफलमा एक करोड ८५ लाखको लागतमा निर्मित नयाँ भवनमा छ। तर, पछिल्लो समयमा विभिन्न प्रकारका घटनाहरू बढिरहेका कारण पनि कैदी बन्दीको सङ्ख्या बढिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीले बताउनु भयो। उहाँले हालको कारागारको क्षमताले थेग्न नसक्ने अवस्था भएकाले सरकारले विकल्प खोज्नुपर्ने बेला भएको बताउनु भयो। धनकुटा कारागारको धनकुटा नगरपालिका वडा नं। ५ कर्मी टारमा आफ्नै जग्गा पनि रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार २०:१९मौन अवधिमा सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक समाचारप्रति काँग्रेसको आपत्ति
समाचार२०८२ फाल्गुन १९, मंगलवार १९:५९धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
समाचार२०८२ फाल्गुन १९, मंगलवार १६:४७काठमाडौँबाट ७ लाख ५० हजारभन्दा बढी मानिस बाहिरिए
समाचार२०८२ फाल्गुन १९, मंगलवार १४:०९राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने






