काठमाडौँ उपत्यकाभित्र भाद्र २७ गते शुक्रबार पनि निषेधाज्ञ तथा कर्फ्यू जारी रहने (सेनाको विज्ञप्तीसहित)

काठमाडौँ- काठमाडौँ उपत्यकामा भोलि अर्थात भाद्र २७ शुक्रबार गते पनि निषेधाज्ञा तथा कर्फ्यू जारी रहने छ।
पछिल्लो सुरक्षा परिस्थितिको समिक्षा गर्दै काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूले जनधनको सुरक्षाका लागि सो व्यवस्था कायम राख्नुपर्ने निष्कर्ष निकाले पछि नेपाली सेनाले भोलि शुकबार पनि कर्फ्यू तथा निषेधाज्ञाको सूचना निकालेको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार उपत्यकामा मिति भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी हुनेछ ।
यस्तै, भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ ।
साथै, अत्यावश्यक आवतजावतका लागि भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म समय छुट्याइएको छ ।
निषेधाज्ञा तथा कर्फ्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधी ढुवानी गर्ने सवारीसाधन सञ्चालन गर्न सकिने नेनाको विज्ञप्तीमा उल्लेख छ
त्यसैगरी, सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले आफ्नो सक्कल परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ । तर डिजिटल परिचय पत्रलाई भने मान्यता नदिने सेना जनाएको छ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले भने आफ्नो टिकट देखाई विमानस्थलसम्म पुग्न सक्नेछन् ।
काठमाडौँ उपत्यका बाहिरको अवस्थाबारे सम्बन्धित जिल्ला सुरक्षा समितिले परिस्थितिअनुरूप निर्णय गर्ने विज्ञप्तिमा उल्लेख छ ।
निर्देशनालयले आम नागरिकलाई सुरक्षाकर्मीलाई सहयोग पुर्याउन र आवतजावतका लागि छुट्याइएको समयमा कुनै जुलुस, धर्ना वा प्रदर्शन नगर्न आग्रह गरेको छ ।
जस्तोसुकै परिस्थितिमा पनि आम नेपालीहरूको सुरक्षा र मानवीय उद्धारमा सुरक्षाकर्मी प्रतिबद्ध रहेको नागरिक स्तरबाट पनि सहयोग रहने अपेक्षा सेनाले गरेको छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास
समाचार२०८२ भाद्र २६, बिहीबार २१:१६काठमाडौँ उपत्यकाभित्र भाद्र २७ गते शुक्रबार पनि निषेधाज्ञ तथा कर्फ्यू जारी रहने (सेनाको विज्ञप्तीसहित)