‘राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ’-नेकपा एमाले

‘राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ’-नेकपा एमाले

काठमाडौं । पछिल्लो असामान्य राजनीतिक परिस्थितिप्रति नेकपा (एमाले) गम्भीर बनेको छ । भदौ २३ गतेको जेनजी आन्दोलनमा युवाको ज्यान गएको घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेको छ ।

एमालेले भदौ २४ गते देशव्यापी रुपमा देखिएका आगजनी, तोडफोड, लुटपाट र सरकारी तथा निजी सम्पत्तिमा भएको व्यापक क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । सिंहदरबार, संवैधानिक निकाय, अदालतदेखि विमानस्थलसम्म ध्वस्त पारिएको घटनाले राष्ट्रलाई दशकौँ पछाडि धकेलेको टिप्पणी पार्टीले गरेको छ ।

प्रधानमन्त्रीको राजीनामापछि अबको निकास संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्नेमा एमाले स्पष्ट छ । सुशासन, नातावादको अन्त्य, रोजगारी र विकासजस्ता युवाको माग सम्बोधन गर्न राष्ट्रपतिलाई पहलकदमी लिन आग्रह गरिएको छ । साथै, निरन्तर भइरहेका आपराधिक गतिविधि नियन्त्रणमा लिन नेपाली सेना सहित सुरक्षानिकायलाई सक्रिय हुन ध्यानाकर्षण गराइएको छ ।

एमालेले आफ्नो संगठन, नेता–कार्यकर्ता र जनवर्गीय संगठनहरुलाई एकताबद्ध भई सरसफाइ, सहयोग र सामाजिक सद्भाव कायम राख्न पनि आह्वान गरेको छ । पार्टीले प्रतिकूलतालाई पार गरेर लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाभिमानको रक्षामा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19548, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   1   =  

Protected by Spam Master