सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सहमति, तर संसद् विघटनमा विवाद

काठमाडौं । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकार प्रमुख बनाउन परम्परागत दल र जेनजी प्रतिनिधि सहमत देखिएका छन् । यससँगै नेपालले पहिलो पटक महिला सरकार प्रमुख पाउने सम्भावना प्रबल भएको छ ।
तर संसद् विघटन गर्ने वा नगर्ने विषयमा मत नमिलेपछि बिहीबार राति शितलनिवासमा भएको वार्ता निष्कर्षविहीन भयो । जेनजी पक्ष संसद् विघटनको अडानमा रहँदा पुराना दल र राष्ट्रपति रामचन्द्र पौडेल संसद्बाटै समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार शुक्रबार बिहान पुनः छलफल गर्ने तय भएको छ । यसअघि नेपाली सेनामार्फत जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका लागि कार्कीको नाम अघि सारेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19559, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार १९:०५२१ औं फेवा नववर्ष महोत्सव सुरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:५७आलु महोत्सवमा बढ्दो सहभागिता
समाचार२०८२ चैत्र २८, शनिबार २०:३२पोखरामा युवती हत्या प्रकरण: दोषीलाई कडा सजायको माग, प्रशासन भन्छ-‘कानुनी कारबाहीमा कुनै कसर बाँकी रहँदैन’
समाचार२०८२ चैत्र २८, शनिबार २०:२४विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य








