‘परान’ को फर्स्टलुक सार्वजनिक,महेश र अन्जनाको प्रेम

काठमाडौं। दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको चलचित्र ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार फर्स्टलुक सार्वजनिक गर्दै चलचित्र कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत गरेको छ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ। पोस्टरमा यी दुई एकअर्काको अंगालोमा छन् र अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गर्दछ। यद्यपि, निर्माणपक्षले यसबारे खुलाएको छैन।
पोस्टरमा महेश केही गम्भीर मुद्रामा छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी छिन्। महेशको आँखामा देखिएको गम्भीरताले उनीहरूको सम्बन्धमा कुनै चुनौती वा उतारचढाव आउन सक्ने समेत संकेत गर्छ।
चलचित्रको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले फिल्मको मुख्य सार वा सन्देश प्रस्तुत गर्छ। यसले जीवनमा भौतिक अस्तित्व (सास) भन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ।
देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमाले चलचित्र निर्माण गरेको छ । बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा ‘परान’ निर्माण गरिएको जानकारी बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले गराएका छन्।
चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा छन्। साथमा महेश र अञ्जनासहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ। दीपक आचार्यकै कथा रहेको चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।
रिदम कंडेलको संगीत रहेको यस फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गरेका हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १०:२१‘मितज्यू’ को टिजर सार्वजनिक | Celebrity Nepal
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?
समाचार२०८२ चैत्र २९, आईतवार १९:१४२ वर्ष सरकारलाई विश्वास गर्नुहोस्, देशमा सुशासन र समृद्धिको लय सुरु भइसक्यो: सभामुख अर्याल
खेलकुद२०८२ चैत्र २९, आईतवार १५:३७दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको ज्यान गयो








