पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो ।
माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उहाँको भनाइ छ ।
आज दिउँसोदेखि पहिरो खस्ने र पन्छाउने काम गरिरहेको शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ ।
पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ४, सोमबार १३:१७घान्द्रुकमा फोहोरमैला सङ्कलन केन्द्र उद्घाटन; दिगो पर्यटनका लागि वातावरण संरक्षणमा जोड
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ४, सोमबार ११:४४उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?
खेलकुद२०८३ जेष्ठ ४, सोमबार ११:२३एकदिवसीय क्रिकेटमा सन्दीपको नयाँ विश्व रेकर्ड
समाचार२०८३ जेष्ठ ३, आईतवार १९:०९गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न








