अपाङ्गता समावेशी शिक्षा परियोजना सम्पन्न, गण्डकीका सरोकारवालाबीच अन्तिम समीक्षा र सिकाइ आदानप्रदान

पोखरा । गण्डकी प्रदेशमा सञ्चालन भएको अपाङ्गता समावेशी शिक्षा तथा सिकाइका लागि विश्वव्यापी ढाँचा प्रवर्द्धन परियोजना सम्पन्न भएको छ। स्वावलम्बन जीवनपद्धति केन्द्र (Independent Living Center – Pokhara) को आयोजनामा भएकाे अन्तिम समीक्षा तथा सिकाइ आदानप्रदान कार्यक्रममा संस्थाका अध्यक्ष हेमबहादुर गुरुङले परियोजनाले अटिजम, सेरेब्रल पाल्सी र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई Universal Design for Learning (UDL) को सिद्धान्तमार्फत मुख्यधारको शिक्षामा समावेश गर्ने उद्देश्य अघि सारेको जानकारी दिए।
यस क्रममा शिक्षक, अभिभावक र विद्यालय प्रशासनलाई आवश्यक तालिम दिइएको थियो भने अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई परामर्श, क्षमता विकास र सहकर्मी समूहमार्फत सशक्तिकरणको अवसर प्रदान गरिएको उल्लेख गरिएकाे जानकारी दिईयाे ।
परियोजना अवधिभर विविध कार्यक्रम सञ्चालन गरिएका थिए। यसअन्तर्गत नीति संवाद र पैरवी, शिक्षक प्रशिक्षण, अभिभावक सशक्तिकरण तालिम, विद्यालय पहुँच मूल्याङ्कन, सिकाइ सामग्री वितरण, सरसफाइसम्बन्धी तालिम र अन्तिम समीक्षा बैठक प्रमुख गतिविधि बने।
पाँच विद्यालयको पहुँच मूल्याङ्कन गरी भौतिक सुधारका सिफारिस गरिएका छन् भने साधारणदेखि उच्च प्रविधियुक्त सिकाइ सामग्री वितरण गरिएको छ।
स्वावलम्बन जीवनपद्धति केन्द्रका दिनेश अधिकारीले करिब ३७ हजार अमेरिकी डलर बराबरको बजेटमा सञ्चालित यस परियोजनाबाट ४१८ जनाले प्रत्यक्ष लाभान्वित भएकाे बताए ।
शिक्षक, अभिभावक, विद्यार्थी र समुदाय प्रतिनिधिहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन्। साथै प्रशिक्षण म्यानुअल तयार र प्रकाशन, डिजिटल सूचना सामग्री उत्पादन तथा वितरण पनि महत्वपूर्ण उपलब्धि बनेको छ।तर कार्यान्वयनका क्रममा केही चुनौतीहरू देखिएको उनले उल्लेख गरे ।
अपाङ्गता सम्बन्धी विविधता र आवश्यकताको पर्याप्त ज्ञान अभाव, स्रोत र जनशक्तिको कमी, सरोकारवालाको बुझाइमा कमजोरीले गर्दा कतिपय अवस्थामा समावेशी शिक्षालाई झन्झटको रूपमा लिइएको छ ।
कार्यक्रममा सहभागीहरूले शिक्षा प्रणालीका हरेक तहमा अपाङ्गता समावेशी अभ्यासलाई सुदृढ बनाउन, UDL सिद्धान्तलाई अनिवार्य रूपमा लागू गर्न, सरकार, नागरिक समाज र समुदायबीच सहकार्य गर्दै अवरोध हटाउने प्रतिबद्धता जनाए।
साथै अपाङ्गता भएका सिकाइकर्ताको अधिकार सुनिश्चित गर्न नीति तथा बजेटीय वकालतलाई अझ सशक्त बनाउने संकल्प उनीहरुकाे संकल्प छ ।
यस परियोजनाले नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता—विशेष गरी संयुक्त राष्ट्र अपाङ्गता अधिकार महासन्धि (UNCRPD) को धारा २४ र अपाङ्गता अधिकार ऐन २०७४—लाई कार्यान्वयन गर्न ठोस योगदान पुर्याएको छ।
कार्यक्रममा शिक्षक, अभिभावक, विद्यालय प्रशासन, विज्ञ तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19631, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








