पोखरामा उद्योगी व्यवसायीमाथि आक्रमणको घटनाप्रति महासंघको आपत्ति

पोखरा ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ पोखरा महानगरले हालै पोखरामा भएका उद्योगी–व्यवसायीमाथिका आक्रमण, लुटपाट, आगजनी र चोरीका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । महासंघको तेस्रो बैठकले भदौ २२ र २४ गते जेठ जेठे समूहले गरेको शान्तिपूर्ण आन्दोलनको आडमा भएका तोडफोड र आपराधिक गतिविधिको निन्दा गरेको हो ।
बैठकले दोषीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । यस्ता घटनाले देशको आर्थिक वातावरणमा नकारात्मक असर पार्दै लगानीका सम्भावना कमजोर बनाएको महासंघको निष्कर्ष छ । पर्यटन क्षेत्रमा समेत यसको असर परेको भन्दै महासंघले आगामी दिनमा यस्ता घटनाबाट व्यवसायीलाई सुरक्षित राख्न राज्य गम्भीर हुनुपर्ने जनाएको छ ।
व्यवसायीहरूको हकहितका विषयमा काम गर्दै आएको महासंघले प्रहरी प्रशासनसँग सहकार्य गरी सुरक्षा निकायसँग व्यवसायीको मनोबल वृद्धि गर्न आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । यसका लागि ५१ सदस्यीय व्यवसायी सुरक्षा समन्वय समिति गठन गर्ने निर्णय पनि गरिएको छ ।
महासंघका अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले पोखरा महानगर क्षेत्रमा रहेका व्यवसायीको हकहितका कामलाई निरन्तरता दिने र अन्य व्यवसायिक क्षेत्रको विकासका लागि आगामी वर्षका कार्ययोजना तय गर्ने निर्णय गरेको छ । बैठकमा महासंघका कार्य समिति सदस्य लोकेन्द्र राईले निर्णयका बारेमा जानकारी दिएका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19785, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२४१२ वर्षपछि सहाराको कमब्याक:२५औं आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारालाई
समाचार२०८२ फाल्गुन ८, शुक्रबार २२:५४शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त
समाचार२०८२ फाल्गुन ८, शुक्रबार १२:५७गण्डकी प्रदेशका ५५ उत्कृष्ट ग्रामीण उद्यमीका लागि नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न
समाचार२०८२ फाल्गुन ७, बिहीबार २१:४६जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग







