इजरायल–हमास युद्धमा मारिएका विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदैं

धनगढी । इजरायल–हमास युद्धका क्रममा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।
जोशीको शव यात्रा बिहान ८ बजे भीमदत्त नगरपालिकास्थित उनको निवासबाट महाकाली नदीको भुजेला घाटका लागि प्रस्थान गर्ने कार्यक्रम छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार राष्ट्रिय सम्मानका साथ धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिनेछ। उनले जानकारी दिएअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ।
अध्ययनका क्रममा इजरायल पुगेका जोशी गत २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका बेला बन्धक बनाइएका थिए। लामो समयदेखि बेपत्ता रहेकामा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।
सोमबार मात्रै इजरायलबाट जोशीको शव नेपाल पठाइएको थियो। काठमाडौंबाट नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थल ल्याइएपछि नेपाली सुरक्षाकर्मीले राष्ट्रिय सम्मानका साथ सलामी अर्पण गरी परिवारलाई शव बुझाइएको थियो।
विपिनको शव ल्याइएपछि नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहित तीन सदस्यीय इजरायली प्रतिनिधिमण्डल पनि कञ्चनपुर पुगेको थियो। राजदूतसहितको टोलीले जोशीको निवासमा पुगेर परिवारप्रति संवेदना व्यक्त गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19838, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








