चलचित्र ‘मन बिनाको धन’ मय बन्दै मुख्य शहरहरु

काठमाडौं। कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ ले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ ।निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो।
राजधानी काठमाडौं सहित देशका प्रमुख सहर पोखरा ,चितवन , नेपालगन्ज, इटहरी लगायत पूर्वमा इ–रिक्साका साथै अटोमा ‘मन बिनाको धन’ मय भएको छ । जताततै अटोमा ‘मन बिनाको धन’ का फ्लेसहरु झुण्डिएका छ।यस्तै देशका मुख्य मुख्य सहरमा चलचित्रका ठुला ठुला होडिङ बोर्ड लगायर फिल्मको प्रचारप्रसार गरिएको छ ।
चलचित्रका निर्माता तथा निर्देशक टंक बुढाथोकीले ‘मन बिनाको धन’ एउटा चलचित्र मात्रै नभए अभियान भएको बताउदै देशैभरि चलचित्रको व्यापक प्रचारप्रसार सुरु गरेका छौ र तिहार लगतै चलचित्रको ट्रेलर र गीतहरु सार्वजनिक गर्ने जानकारी दिए ।
बाटोमा गीत गाउदै माग्दै हिनेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’चलचित्रलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।
चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








