आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ,झिगु नेवा समाज धादिङले र्याली सहित शुभकामना आदान प्रदान गर्दै

धादिङबेशी , ५ कात्तिकः नेपाल सम्वत् ११४६ आज धादिङ सहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । झिगु नेवा : समाज धादिङको आयोजनामा नेपाल संवत् ११४६ को अवसरमा धादिङबेसीमा विशेष शुभकामना आदान प्रदान तथा सचेतना कार्यक्रम हुँदै छ ।
समाजका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार उक्त कार्यक्रम नेपाल संवत् शुभारम्भको अवसरमा नेवारी समुदायको संस्कृति, परम्परा र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । कार्यक्रम आज बुधवार बिहान बिहान ७ः४५ बजे धादिङबेसी पुछारबजारबाट प्रभातफेरीसहित सुरु हुने र मुख्य कार्यक्रम संखधरशाख्या चौक (विच बजार) मा सम्पन्न हुने समाजले जनाएको छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ ।
“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो”, उहाँले भन्नुभयो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई







