हलमा ‘वरिष्ठ बलराम’, दर्शकबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर आजदेखि दयाहाङ राई र विजय बराल अभिनीत नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ देशभरका हलमा प्रदर्शनमा आएको छ । रिलिजको पहिलो दिनै फिल्मले दर्शक उपस्थितिदेखि लिएर प्रतिक्रियासम्म उत्साहजनक सुरुवात गरेको छ ।
आज बिहानैदेखि दर्शक उल्लेख्य संख्यामा हल पुगेका थिए । दयाहाङ र विजयको टक–कन्टक र कथा प्रस्तुतिले पहिलो शोबाटै सकारात्मक प्रतिक्रिया बटुलेको निर्माणपक्षको दाबी छ । दर्शकले चलचित्रले मनोरञ्जनसँगै बलियो सामाजिक सन्देश दिएको प्रतिक्रिया दिएका छन् ।
फिल्मले प्राकृतिक स्रोतको दोहन, माटोप्रेम र स्थानीयताको मुद्दा उठान गरेको दर्शकको टिप्पणी रहेको छ । ‘माटो सुहाउँदो कथा’ भनेर धेरैले प्रशंसा गरेका छन् ।
सुरुवातमै राम्रो वर्ड–अफ–माउथ पाएको भन्दै निर्माणपक्ष फिल्मको व्यापारप्रति आशावादी देखिएको छ । विजय बराललगायत कलाकारले आज रिलिज डे मै हल–हलमा गएर दर्शकसँग भेटघाट समेत गरेका छन् ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको हो । फिल्ममा दयाहाङ राई र विजय बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ ।
चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका छन् ।
फिल्मका निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन् । कार्यकारी निर्माता प्रदीप जी. धामी र पुस्कर बी. घिमिरे रहेका छन् । ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ४, शुक्रबार ०७:०९वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
समाचार२०८३ बैशाख ४, शुक्रबार ०६:०३घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न








