अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’ को टिजर सार्वजनिक

काठमाडौँ । तिहारको भाइटीकाको अवसर पारेर बालगायक अशोक दर्जी मुख्य भूमिकामा रहेको चलचित्र ‘मन बिनाको धन’ को शीर्ष गीतसमेत अंश समावेश गरिएको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अशोकको भावुक रुप देखाइएको छ, जहाँ उनी रोइरहेका दृश्यसँगै शिव परियार र प्रमोद खरेलको स्वर रहेको शीर्ष गीतको झलक सुन्न सकिन्छ ।
कार्तिक २१ गते रिलिज मिति तय गरेको चलचित्रले देशव्यापी प्रचार–प्रसारलाई अहिले आक्रामक रुपमा अघि बढाइरहेको निर्माण टिमले जनाएको छ । टंक बुढाथोकीको संरक्षणपछि सडकमा गीत गाउँदै हिँड्ने अशोक दर्जीको जीवनमा आएको वास्तविक परिवर्तनलाई समेत समेट्दै चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ । हाल अशोक काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन् ।
चलचित्रको लेखक, निर्माता तथा निर्देशक टंक बुढाथोकी स्वयं हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् । फिल्मकी कार्यकारी निर्माता मिनु शर्मा (सपना) हुन् भने जी.पी. संगौला, विवेक नेपाल र बिजया पाण्डे सह–निर्माताका रूपमा छन् ।
चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन तथा नवराज शर्माको मुख्य सह–निर्देशन रहेको छ । चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग









