जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ- सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन पेस भएको छ ।
आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाएर अधिवक्ता विपिन ढकालले आज दायर गर्नुभएको रिट निवेदनमा आयोगका पदाधिकारीहरू निष्पक्ष छानबिन र विषयवस्तुबारे तटस्थ नभएको उल्लेख गरिएको छ ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आयोगविरुद्ध रिट निवेदन पेस भएको र अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो ।
सरकारले ‘जेनजी’ प्रदर्शनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १६:५०नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार १०:२३प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक







