माछापुच्छ्रे–५ रिभान, हुम्दी डाँडा गाउँमा साेमबारदेखि भलिबल प्रतियोगिता हुने

पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडा गाउँमा माछापुच्छ्रे गाउँपालिका अन्तर गाउँस्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिता –२०८२ हुने भएको छ । “मैत्री भाव तथा स्वास्थ्यका लागि खेलकुद ” भन्ने मूल नाराका साथ सिद्धबराह हुम्दी डाँडा गाउँ भलिबल क्लबको आयोजनामा यही कात्तिक १० गते देखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडागाउँ खेल मैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका ९ वटा वडाबाट करिब २५ भन्दा बढी समूहको सहभागिता रहने अनुमान गरिएका खेल संयोजक अमृत लामिछानेले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल प्रमाणपत्र हात पार्ने छन् । त्यस्तै, उपविजेता टिमले नगद २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी वेस्ट स्पाईकर, वेस्ट सर्भर, वेस्ट ब्लकरलाई नगदका साथमा ट्रफि प्रदान गरिने क्लबका अध्यक्ष युवराज गुरुङले जानकारी दिए ।
खेल संयोजक लामिछानेका अनुसार साेमबार विहान १० बजे माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिन बहादुर गुरङको प्रमुख अतिथ्यतामा कार्यक्रमको उद्धघाटन हुनेछ । कार्यक्रमका बिच महिला फुटबल साथै रस्साकस्सी लागयता अन्य खेलहरू पनि रहने आयोजकले जनाएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19873, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १०, आईतवार १८:५७माछापुच्छ्रे–५ रिभान, हुम्दी डाँडा गाउँमा साेमबारदेखि भलिबल प्रतियोगिता हुने
समाचार२०८२ कार्तिक ९, शनिबार १५:०५‘जेरी अन टप’ चलचित्रको क्यानडा वितरणको अधिकार प्रचारलाई
समाचार२०८२ कार्तिक ९, शनिबार १२:५८पाेखरा २२ स्थित माछापुच्छ्रे भ्यूपोइन्टमा स्कुटर दुर्घटना,१६ वर्षीय युवक घाइते
समाचार२०८२ कार्तिक ७, बिहीबार १८:०४पोखरामा भाइटिका महोत्सवको उल्लास







