टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

धादिङ, कात्तिक ११
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–स्थित सल्यानटारका अपाङ्गता भएका आठ जना व्यक्तिहरूलाई रिचार्जेबल ह्विलचियर वितरण गरिने भएको छ। पूर्ण अपाङ्गता भई घरमै बसिरहेका व्यक्तिहरूलाई सहज गतिशीलता उपलब्ध गराउने उद्देश्यले ह्विलचियर सहयोग गर्न लागिएको हो । धादिङ नेपाली समाज अमेरीका अध्यक्ष एवं समाजसेवी टक बहादुर रुवालीको समन्वयमा रकम संकलन गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई आधुनिक ह्विल चियर वितरण गर्न लागिएको अमेरीकाबाट अध्यक्ष रुवालीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
वैदेशिक रोजगारको सिलसिलामा अमेरिका लगायतका अन्य देशमा रहेका नेपाली नागरिकहरूले संकलन गरेको सहयोगमार्फत ह्विलचियर वितरण गरिन लागिएको हो । आधुनिक यस ह्विल चियर चार्ज गरेपछि आफ्नो अनुकुल अनुसार चलाउन सकिने रुवालीले बताउनुभयो । एक पटक चार्ज गरेपछि ४० मिलोमिटर सम्म आवत जावत गर्न सकिने र अरुको सहायता नपर्ने बताउनुभयो ।कार्तिक १३ गते गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी ह्विवल चियर वितरण गरिने गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्दै अपाङ्गता भएका नागरिकहरूको जीवन सहज बनाउन यस्ता सहयोगले ठूलो प्रेरणा मिल्ने बताउनुभयो। उहाँले स्थानीय सरकार विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै नागरिकको विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर काम गर्दै आएको पनि जानकारी दिनुभयो।
यसअघि पनि टक बहादुर रुवालीको समन्वयमा विभिन्न सामाजिक कार्यहरू सञ्चालन भएका थिए। न्यानो कपडा वितरण, क्यान्सर पीडितलाई आर्थिक सहयोग, पढ्न नपाएका विपन्न बालबालिकालाई शैक्षिक सहयोग गर्नुभएको छ ।व्यक्तिगत तवरबाट ८ वटा भन्दा बढी आधुनिक ह्विल चियर वितरण गर्न लागिएको जिल्लामै पहिलो पटक हो । रिचार्जेबल ह्विलचियर वितरण कार्यक्रमले अपाङ्गता भएका नागरिकहरूको आत्मनिर्भरता र सामाजिक सहभागितामा टेवा पुग्ने विश्वास लिइएको छ।यसअघि राम बहादुर पाण्डेलाई उक्त ह्विल चियर वितरण गरीसकीएको छ ।
ह्विलचियर प्राप्त गर्नेको नामावली
१, राम बहादुर पाण्डे(प्राप्त भईसकेको)
२, लुरे विक
३, अम्बिका रिजाल
४,अन्जन श्रेष्ठ
५, कुन्जेमाईला दरै
६,टिकानिधी बसौला
७, कुम्भ कुमारी गिरी
८, अमृता कुमाल
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई







