युनाइटेड क्लबकाे १६ औं साधारण सभा, १४ औं संस्करणको पोखरा महोत्सव पुष २९ देखि

पोखरा ।
युनाइटेड क्लब पोखराले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म हुने भएको छ । युनाइटेड क्लब पोखराको १६ औं साधारण सभाले १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने गरि मिति तोकेको हो ।
हालै सम्पन्न साधारण सभामा वोल्दै युनाइटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक कामका लागि पोखरा महोत्सवलाई निरन्तरता दिदै आइरहेको र आगामी १४ औं संस्करणको पोखरा महोत्सवमा समेत सवैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।
सामाजिक क्षेत्रमा काम गर्दै आइरहदा संघर्ष र चुनौतिहरु थपिदै गइरहको बताउदै संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लब पोखरालाई राष्ट्रिय स्तरको क्लव बनाउनतर्फ अहिलेका पदाधिकारीहरु लाग्नुपर्नेमा जोड दिए ।
साथै क्लबले हाल आफ्नै जग्गा रहेको स्थान लेखनाथको अर्चलेमा आवासिय छात्राबास निर्माणको काम तीब्र गतिमा अगाडी वढिरहेको र आगामी वर्ष ५ जना छात्राहरु राखेर छात्राबासको सुरुवात गर्ने बताए ।
युनाइटेड क्लव पोखराका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लब १६ वर्षमा प्रवेश गर्दै गर्दा आगामी दिनमा शिक्षा क्षेत्रलाई अगाडी बढाउदै आवाशिय छात्राबास निर्माणलाई नै जोड दिनुपर्ने धारणा राखे । सामाजिक कामकै कारण युनाइटेड क्लबको पहिचान भएकाले क्लबले लिएको उद्देश्य समेत बिस्तारै साकार हुदै गएको उनको भनाइ रहेको थियो ।
युनाइटेड क्लबका परिकल्पनाकार आनन्द थापाले अमरसिंह वरपरका युवाहरुलाई समेटेर स्थापना भएको युनाइटेड क्लब आज सम्म आइपुग्दा क्लबका परिकल्पनाकारहरुको उद्देश्य अनुरुप वढेकोमा क्लबका स्थापना कालदेखि वर्तमान अध्यक्षहरु प्रति धन्यवाद ब्यक्त गरे ।
आफुले १६ वर्ष अगाडी देखेको सपना बिस्तारै साकार हुदै गएको उनको भनाइ रहेको थियो । स्थापना कालमा भएका चुनौतीपूर्ण दिनहरुकै कारण आज युनाइटेड क्लबले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउदै परिकल्पनाकार थापाले कुनैपनि उद्देश्य प्राप्तिका लागि समय पर्खनुपर्ने धारणा राखे ।
साधारण सभामा क्लबका अध्यक्ष लोक बहादुर थापाले अध्यक्षको प्रतिवेदन, महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष जयराम आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा बोल्दै युनाइटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लब १६ वर्षमा लाग्दै गर्दा सम्पूर्णको साथ र सहयोग नै मुख्य भएकाले आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने पोखरा महोत्सवलाई सभ्य र भब्यताका साथ सम्पन्न गर्नका लागि समेत सम्पूर्ण आजीवन सदस्य, सदस्य, कार्यसमिति सदस्य तथा पदाधिकारी र क्लबका शुभचिन्तकहरुलाई आग्रह समेत गरे ।
युनाइटेड क्लब पोखराले आयोजना गर्ने पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएको र पोखरा महोत्सवकै आम्दानीबाटनै क्लबले सामाजिक काम गर्दै आइरहेकाले १४ आंै संस्करणको पोखरा महोत्सवमा समेत अघिल्ला संस्करणको महोत्सव जस्तै भब्य र सभ्य बन्ने समेत उनको भनाइ रहेको थियो ।
कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19877, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक ११, सोमबार १९:३२युनाइटेड क्लबकाे १६ औं साधारण सभा, १४ औं संस्करणको पोखरा महोत्सव पुष २९ देखि
समाचार२०८२ कार्तिक १०, आईतवार १८:५७माछापुच्छ्रे–५ रिभान, हुम्दी डाँडा गाउँमा साेमबारदेखि भलिबल प्रतियोगिता हुने
समाचार२०८२ कार्तिक १०, आईतवार १८:२८पोखराका १८ वर्षीय युवा क्रिएटर आशिक, डिजिटल र खेलकुदमा उदाउँदो प्रतिभा
समाचार२०८२ कार्तिक ९, शनिबार १५:०५‘जेरी अन टप’ चलचित्रको क्यानडा वितरणको अधिकार प्रचारलाई







