सहायक हवल्दार गुरुङको हत्याका आरोपी जेल चलान

पोखरा ।
भदौ २४ गते भएको जेनजी आन्दोलनमा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको हत्याका आरोपी युवक जेल चलान भएका छन् । कैलाली लम्किचुहाका काठमाडौं बस्दै आएका १९ वर्षीय अनुपम भण्डारी जेल चलान भएका हुन् ।
उनलाई मंगलबार जिल्ला अदालत, काठमाडौंले जेल चलानको आदेश दिएको हो । भण्डारीलाई १३ असोजमा कैलालीबाट प्रहरीले पक्राउ गरेको थियाे । पक्राउ परेका भण्डारीले बयानको क्रममा प्रहरी हत्याको अभियोग स्वीकार गरेका छन् । सहायक हवल्दार गुरुङलाई कार्यालयभित्रै नियन्त्रणमा लिई सडकमा ल्याएर चक्कु हानी हत्या गरेका थिए । प्रहरी सहायक हवल्दार मनीषसिंह ठगुन्नालाई हत्या प्रयास गरेका थिए ।
उनी मेगा कलेजबाट हालै १२ कक्षा उत्तीर्ण गरेका युवक हुन् । आफूले बैंग्लोरमा गएर २ हप्ता क्रिकेटको तालिम लिएको र शान्तिनगरस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भर्ना भई क्रिकेट सिकिरहेको बताएका छन् ।
गुरुङलाई आन्दोलनकारीले ढुंगामुढा तथा फलामको रड र चक्कुले प्रहार गरेर सडकमा घिसार्दै अचेत र रगताम्मे अवस्थामा पूर्ण रुपमा अचेत भएपछि सडकमा छाडेर आफू कोठा फर्किएको बयान भण्डारीले दिएका छन् ।
गुरुङलाई उपचारका लागि बीएण्डबी अस्पताल ग्वार्कोमा लगेका थिए । सोही दिन दिउँसो पौने ५ बजेतिर उनको मृत्यु भएको अस्पतालले जानकारी गराएको थियो । रुपा गाउँपालिका–५ रामादीका ३१ वर्षीय प्रहरी सहायक हवल्दार गुरुङ प्रदर्शनकारीको आक्रमणमा परेका थिए । गुरुङ ७ वर्षअघि नेपाल प्रहरीमा भर्ना भएका थिए । उनको परिवारमा २२ महिनाको छोरा, श्रीमती, बुबा र हजुरबुबा छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19910, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार १९:०४प्रतिभा सुपर लिग क्रिकेट शुरु, प्रतिभा र बाल मन्दिरको बिजयी शुरुवात
समाचार२०८२ माघ १८, शनिबार १९:३०पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपकाे उपाधि
समाचार२०८२ माघ १८, शनिबार १९:२३तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट, कुन्ती मोक्तानले दिईन् विशेष प्रस्तुती
समाचार२०८२ माघ १८, शनिबार १५:१५टाइगर कपः आर्मीलाई हराउँदै पर्वत भलिबल तेस्रो







