१० प्रभावकारी घरेलु उपाय डन्डिफोर नियन्त्रण गर्न


धुलो, धूँवा, प्रदूषणको सोझो असर हाम्रो अनुहारको छालामा पर्छ। अनुहार रुखो, फुस्रो हुने, चाउरिने, चाया-पोतो आउने बाह्य कारण पनि यिनै हुन्।
खासगरि किशोरावस्थामा अनुहारमा डन्डिफोर आउने समस्या बढी हुन्छ। आजभोलि ‘पिम्पल’ नामले प्रचलित छ ‘डन्डिफोर’। यसलाई बोलीचालीको भाषामा उमेरको खटिरा पनि भनिन्छ। डन्डिफोरको उचित व्यवस्थापन गर्नसके यसको असर आफैं हराएर जान्छ। तर उचित व्यवस्थापन भएन भने यसले अनुहारै कुरूप पनि बनाउन सक्छ।
चिकित्सकका अनुसार डन्डिफोर दुई प्रकारका हुन्छन्। पहिलो, साझा डन्डिफोर अर्थात उमेरको कारणले आउने। दोस्रो, उमेरपछि पनि आउने। पहिलो डन्डिफोर युवा उमेरमा शरीरमा उत्पन्न हुने एन्ड्रोजन जातको हर्मोनको कारणले देखिन्छ। यो हर्मोन केटाकेटी युवा उमेरमा प्रवेश गर्दा बढी उत्पन्न हुने भएकाले डन्डिफोर किशोर तथा युवा अवस्थामा बढी देखिन्छ।
डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्दपि, यसको आगमनले मानिसको आकर्षणमा चिसोपना पैदा गर्छ। अनुहारमा देखिने डन्डिफोरले अनुहारको चमक नै हराइदिन्छ। त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोरप्रति निकै नै चिन्तित हुने गर्छन
तेल ग्रन्थीले तेलको अधिक उत्सर्जन गर्दा छालाको रोमछिद्र बन्द हुन्छ र डन्डिफोर आउँछ। शारीरिक र हार्मोनले परिवर्तनले पनि अधिक तेल उत्पादनमा भूमिका खेल्छ। केही दूधजन्य उत्पादनमा उच्च मात्रामा क्याल्सियम र चिनी पाइन्छ, जसले डन्डिफोरलाई बढावा दिन्छ।
घरेलु उपचार
१. डन्डिफोर हटाउन अनुहारलाई मनतातो पानीले धुने गर्नुपर्छ। र, राम्रो फेसवासको प्रयोग गर्नुपर्छ।
२. भुलेर पनि फोहोर पानीले अनुहारलाई धुनु हुँदैन। डन्डिफोरमा हात लगाउनु हुँदैन। नत्र यो पुरै अनुहारमा फैलिने गर्छ। अनुहारलाई पुरै सुक्न दिनुपर्छ।
३. चन्दन पाउडरमा कागतिको रस मिलाएर लेप बनाइ अनुहारमा लगाउन सकिन्छ। यो एक प्राकृतिक उपचार विधि हो। यसले अनुहारमा कुनै क्षति पुर्याउँदैन। यो अनुहारमा पाँच मिनेटसम्म लगाउन सकिन्छ।
४. केरा खान मात्रै होइन, अरू हिसाबले पनि गुणकारी फल मानिन्छ। केरालाई मुछेर अनुहारमा दल्न सक्नुहुन्छ। यसबाहेक मह, दहीसँग मिसाएर पनि लगाउन सक्नुहुन्छ। लगाएको केही समयपछि पानीले धुनुपर्छ।
५. सायद यो कुरा धेरैलाई थाहा छ, डन्डिफोर आएको छ भने कागतीको रस लगाउनुपर्छ। तर, ध्यान दिनुहोस् कागतीको रस सीधै अनुहारमा लगाउँदा पोल्ने डर हुनसक्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुहोस्।
६. एक कप पानीमा ल्वाङ राखेर उमाल्नुहोस्। उमालिसकेपछि केहीबेर राखेर चिस्याउनुहोस् र ल्वाङलाई मिचेर डन्डिफोर आएको ठाउँमा दल्नुहोस्। झन्डै आधा घन्टा राखेर चिसो पानीले धुनुहोस्।
७. अत्याधिक मात्रामा पानी पिउनुपर्छ। केही दिनका लागि चिया, कफीजस्ता शरीरमा गर्मी पुर्याउने चिजको सेवन गर्नु हुँदैन। यसो गर्दा अनुहारमा चमक आउँछ। र, डन्डिफोरजस्ता पिम्पल आउँदैनन्।
८. डन्डिफोरको प्राकृतिक उपचारको लागि लसुन फाइदाजनक हुन्छ। केही लसुनको केस्रा पिसेर त्यसको रस निकाल्ने। उक्त रसमा कागतीको रस मिसाउनुपर्छ। त्यस मिश्रण अनुहारमा लगाएर १० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ।
९ .पानीको बाफले पनि अनुहारमा रहेको डन्डिफोर हटाउन सहयोग गर्छ। बाफले छालाको रोमछिद्र खुल्छ। साथै यो यस्तो प्रक्रिया हो, जसले छालामा रहेको फोहोरमैलासमेत हटाउँछ।
१०. आइसक्युव अर्थात बरफ पनि डन्डिफोर हटाउनमा उपयोगी हुन्छ। आइसक्युबले आफ्नो अनुहारमा रगड्नुपर्छ। यसले डन्डिफोर भएको स्थानमा रक्तसंचार तीव्र हुन्छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा
समाचार२०८३ बैशाख २०, आईतवार १६:५०सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने









