चितवनमा बस दुर्घटना, ३३ जना घाइते

चितवन- गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
भरतपुरस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पु¥याइएको छ ।
घाइतेमध्ये १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल भरतपुर र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ८ जनाको अवस्था मध्येम र २५ जनाको अवस्था सामान्य रहेको पुरीले बताउनुभयो ।
दुई बस चालकमध्ये एक जना घाइते र एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ट्रकका चालक भने फरार रहेको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
चितवन मेडिकल कलेजममा उपचारत घाइतेहरू:- १.जिल्ला उदयपुर त्रियुगा न.पा. १० बस्ने वर्ष २० को सार्थकवाबु श्रेष्ठ, मध्यम (डल्फिन) ।
२.जिल्ला धनुषा जनकपुर उ.मा.न.पा.१७ बस्ने वर्ष ३९ को सदाकत मिया, मध्यम(रुद्राक्ष ) ।
३. जिल्ला धनुषा जनकपुर उ.मा.न.पा. १७ बस्ने वर्ष ५२ को नरेन्द्र शाह, सामान्य (रुद्राक्ष ) ।
४.जिल्ला रौतहट गौर न.पा.५ बस्ने वर्ष ४१ को मुकेश कुमार केसरी, मध्यम (डल्फिन) ।
५.जिल्ला धनुषा जनकपुर उ.म.न.पा. ७ बस्ने वर्ष १७ को समिर अन्सारी, सामान्य (रुद्राक्ष ) ।
६.जिल्ला महोतरी पिपरा गा.पा. १ बस्ने वर्ष ५० की गीतादेवी यादव, सामान्य (रुद्राक्ष ) ।
७.जिल्ला रौतहट राजदेवी न.पा.१ बस्ने कृष्ण कुमार साह, मध्यम (डल्फिन) ।
८.जिल्ला धनुषा जनकपुर १ बस्ने वर्ष ४६ को वसन्त झा, सामान्य ( रुद्राक्ष)
९. जिल्ला धनुषा जनकपर उ.म.न.पा. ४ वस्ने वर्ष ४९ को मुकेश लाल कर्ण, सामान्य ।
१०.जिल्ला धनुषा जनकपर उ.म.न.पा. ४ वस्ने वर्ष ३४ की अन्जु कर्ण, सामान्य ।
११. जिल्ला धनुषा जनकपर उ.म.न.पा. ४ बस्ने आरुष कर्ण, सामान्य ( रुद्राक्ष))
१२. जिल्ला महोतरी पिपरा गा पा १ बस्ने वर्ष ३७ को राम श्रेष्ठ सामान्य ।
१३. जिल्ला रौतहट राजदेवी न पा १ बस्ने वर्ष २० को अनिकेत कुमार साह (डल्फिन ) ।
१४. जिल्ला रौतहट बिन्दा वन न.पा. ३ बस्ने वर्ष ११ को आरभ मिश्र, मध्यम (डल्फिन) ।
१५. जिल्ला धनुषा लक्ष्मिमिया गा.पा. ४ बस्ने वर्ष १९ को विधा चौधरी, मध्यम (रुद्राक्ष) ।
नेशनल सिटि अस्पताल भरतपुरमा उपचारत घाइतेहरू:-
१.बा.प्र.०३-००१ख ३९०२ (रुद्राक्ष) नम्बरको बसमा सवार जिल्ला धनुषा जलेश्वर गा.पा.५ बस्ने वर्ष २० को आदित्य कुमार सिंह, सामान्य ।
२. जिल्ला धनुषा जलेश्वर गा.पा.५ बस्ने वर्ष ४३ की रेखा सिंह, सामान्य ।
३. जिल्ला धनुषा जलेश्वर गा.पा.५ बस्ने वर्ष २१ की अञ्जली सिंह, सामान्य ।
४. प्रदेश३-०३-००१ख ०१२३ नम्बरको बसमा सवार देश भारत मोतिहारी बस्ने वर्ष ३२ को सुनिल प्रसाद, सामान्य ।
५.देश भारत मोतिहारी बस्ने वर्ष २५ की सुभद्रा कुमारी चौधरी सामान्य ।
६.देश भारत मोतिहारी बस्ने वर्ष ७ की पृया जैशवाल, सामान्य ।
७. देश भारत मोतिहारी बस्ने वर्ष ४ की कृती जैशवाल, सामान्य ।
८.जि.धनुषा जनकपुर न.पा.८ बस्ने वर्ष २८ को आलोक कुमार राउत, सामान्य ।
९.जि.रौतहट राजदेवी न.पा.२ बस्ने वर्ष २१ को मोनु कुमार महत्तो,सामान्य ।
१०.जि.रौतहट गौर न.पा.९ बस्ने वर्ष ६६ की गम्भिरादेवी ठाकुर, सामान्य ।
११.जि.रौतहट गरुडा न.पा.७ बस्ने वर्ष ५० को बिजय साह,सामान्य ।
१२. जि.रौतहट गरुडा न.पा.७ बस्ने वर्ष ४० की उर्मिला कुमारी साह, सामान्य ।
१३.जि.रौतहट बृन्दावन न.पा.३ बस्ने वर्ष ६२ की सुनितादेवी मिश्रा,मध्यम ।
भरतपुर सरकारी अस्पतालमा उपचारत घाइतेहरू:-
१.जि.रौतहट दुर्गावती गा.पा.२ बस्ने वर्ष ३० को राजकिशोर दास, सामान्य ।
२. जि.रौतहट दुर्गावती गा.पा.२ बस्ने वर्ष २५ को राजु दास, सामान्य ।
३.देश भार मोतिहारी बस्ने वर्ष २२ को महमद साहेब,सामान्य ।
४.जि.रौतहट माधवनारायण न.पा.५ बस्ने वर्ष १९ को रोशी कुमार साह, सामान्य ।
५.जि.धनुषा लक्ष्मीनिया गा.पा.४ बस्ने वर्ष १९ की दिब्या चौधरी, मध्यम ।
जम्मा घाईते:-३३ जना मध्यम:-८ सामान्य:-२५
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केही बेरअघिदेखि सञ्चालनमा आएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
 कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १५, शुक्रबार ०८:३८रिक्त पदमा चार पदाधिकारीको शपथ, कोषाध्यक्ष कटुवाल अन्तर्राष्ट्रिय सम्मेलनका लागि बेलायत प्रस्थान हुँदै कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १५, शुक्रबार ०८:३८रिक्त पदमा चार पदाधिकारीको शपथ, कोषाध्यक्ष कटुवाल अन्तर्राष्ट्रिय सम्मेलनका लागि बेलायत प्रस्थान हुँदै
 समाचार२०८२ कार्तिक १५, शुक्रबार ०७:४२चितवनमा बस दुर्घटना, ३३ जना घाइते समाचार२०८२ कार्तिक १५, शुक्रबार ०७:४२चितवनमा बस दुर्घटना, ३३ जना घाइते
 समाचार२०८२ कार्तिक १४, बिहीबार १९:५९भारतबाट १६ बालबालिकाको उद्धार समाचार२०८२ कार्तिक १४, बिहीबार १९:५९भारतबाट १६ बालबालिकाको उद्धार
 समाचार२०८२ कार्तिक १४, बिहीबार १८:२७अपाङ्गता भएका सल्यानटारका आठ जनालाई विद्युतीय ह्विलचियर वितरण समाचार२०८२ कार्तिक १४, बिहीबार १८:२७अपाङ्गता भएका सल्यानटारका आठ जनालाई विद्युतीय ह्विलचियर वितरण








